
पोखरा ,असार २ गते
तालिम अवधिमा प्रशिक्षार्थीले ४ वटा ल्यापटप र ४ वटा डेक्सटप चल्ने बनाए, ७ वटामा फेर्नु पर्ने सामान पत्ता लगाए
शारीरिक अपाङ्गता भएका प्रशिक्षार्थीहरुले तालिम लिँदा लिँदै ४ वटा ल्यापटप र ४ वटा डेक्सटप मर्मत गरेर चल्ने बनाउनुभयो । काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले शारीरिक अपाङ्गता भएका व्यक्तिहरुका लागि सञ्चालन गरेको ६० दिने कम्प्युटर हार्डवेयर चिप लेवल तालिमका प्रशिक्षार्थीहरुले यो नतिजा दिनुभएको हो । थप ७ वटा कम्प्युटरको फल्ट फाइन्डिङ् (समस्या पत्ता लगाउनु) भएको छ । यसका लागि सामान फेर्नु पर्ने भएकोले कुन सामान फेर्ने हो । टिपोट गरेर कम्प्युटरमा टाँस गर्नुभएको छ । सहायक प्रशिक्षक दुर्गामान तामाङ्का अनुसार विग्रिएका ३० वटा कम्प्युटरमध्ये ८ वटा मर्मत भए । सामान फेरेपछि थप ७ वटा कम्प्युटर चलाउन सकिने हुन्छन् । आइतबार तालिमको समापन अवसरमा आयोजना गरिएको कार्यक्रममा प्रशिक्षण अवधिको नतिजाका बारेमा उहाँले जानकारी गराउनुभएको हो । तालिम २०८२ वैशाख ३ गतेदेखि सुरु भएको थियो ।स्रोत :काठमाडौँ महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

