
पोखरा ,श्रावण २ गते
पोखरा महानगरपालिका वडा न. ३ मा गत आर्थिक बर्षको राजस्व रु ८४,८५,२५२ /- संकलन भएको छ।
पोखरा महानगरपालिका वडा न ३ का वडा अध्यक्ष श्री प्रकाश मान उदास ले हाम्रो वडालाइ नमुना वडा बनाउन सकिन्छ ,तर स्थानीयहरू बाट त्यति सन्तोषजनक नभएको र जनप्र्तिनिधिहरुबाट पनि सोचेको जस्तो सपोर्ट नभएको गुनासो व्यक्त गरेका छन्। हिजो राइज अफ वर्ल्ड डट कम अनलाइन लाइ जानकारी दिंदै उहाँले हाम्रो वडा मा पर्ने ४ वटा सामुदायिक स्कुलहरुमा केहि बर्ष अघि विधार्थी भाइ बहिनीहरुलाई ड्रेस कपडा सहयोग पनि गरेका थियौं , २०८०/२०८१ बाट निर्माण गर्न लागेको सार्वजानिक सौचालय अहिले सम्म सम्पन्न गर्न नपाएको , उक्त सौचालय को लागि रकम रु ४ लाख २८ हजार खर्च भैसकेको तर त्येसको क्षेतिपूर्ति आफ्नो वडा ले अहिले सम्म नपाएको गुनासो व्यक्त गर्नु भएको थियो। अध्यक्ष श्री प्रकाश मान उदास ले ३५-४० बर्ष देखि पिच नभई रोकेको तेर्सापटि को रोड पिच अहिले भएको बताउनु भएको थियो। उहाँले नारायण थान को कारण बाट केहि स्थान मा विकास हुन नसकेको गुनासो पनि व्यक्त गर्नु भएको थियो। अध्यक्ष श्री प्रकाश मान उदास ले यो वडा भित्र रहेका विपन्न नागरिकहरु को लागि मानव सेवा आश्रम ले सहयोग गरिरहेको बताउनु भएको थियो।

