पोखरा ,श्रावण ५ गते

गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन ले डेङ्गि सचेतना कार्यक्रम गर्यो
” म बाट हामि बन्न चाहनेहरुका लागि दु: ख सुखको चौतारी ” गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन ले डेङ्गि सचेतना कार्यक्रम गरेको छ।गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन का अध्यक्ष श्री विष्णु प्रसाद अधिकारि ले , गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले शुरु नगरेको डेङ्गि सचेतना कार्यक्रम हाम्रो गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन ले श्रावण १ गते देखि नै डेङ्गि सचेतना कार्यक्रम गरेको राइज अफ वर्ल्ड डट कम अनलाइन लाइ बताउनु भएको छ। अध्यक्ष श्री विष्णु प्रसाद अधिकारि ले अहिले सम्म वडा न ८ र ९ भित्र रहेका करिब ३८ वटा जति ग्यारेज मा एशोसिएसन का कार्यसमिति सदस्य र सक्रिय सदस्यहरु ले , टायर , बोत्तल , या अन्य ठाउँमा भएको फोहर मैला ,जमेको पानि फाली सफा गरिसकेको बताउनु भएको छ। आर्थिक अभाव का कारण डेङ्गि नियन्त्रण गर्दा चाहिने सामाग्रीहरु जस्तै पन्जा , माक्स ,सेनीटाइजर र किटनासक औषधि किन्न भने गाह्रो भएको र त्येसको समाधान गर्न को लागि आ -आफ्नो वडा बाट आर्थिक क्षेत्र हेरिदिने हो भने ,वडा भरि भएका ग्यारेज को सरसफाई बढी हुन सक्ने ,जसले गर्दा आफ्नो वडा मा डेङ्गि नियन्त्रण हुने उहाँले बताउनु भएको छ। अबको दिन मा वडा न २ ,४ र २५ भित्रका ग्यारेजहरुमा डेङ्गि सचेतना कार्यक्रम गरिने योजना रहेको उहाँले अनलाइन लाइ बताउनु भएको छ। उहाँले श्रावण महिना मा डेङ्गि सचेतना कार्यक्रम गर्दै भदौ महिना तिर पुन अनुगमन , क्रस चेकिङ्ग कार्य लाइ पनि अघि बढाउने लक्ष्य रहेको बताउनु भएको छ। आफ्ना ग्यारेजहरु आँफैले नियमपुर्वक , मापदण्ड पालना गरि ग्यारेज सफा गर्नु पर्ने बताउनु भएको छ। अन्यथा ग्यारेजहरुले मापदण्ड विपरित ,नियम विपरित र अटेरी गरेमा गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन ले एक्सन लिने पनि बताउनु भएको छ। अध्यक्ष श्री विष्णु प्रसाद अधिकारि ले वर्षा याम संगै डेङ्गि रोग को प्रकोप बढ्न थाल्ने भएका ले ग्यारेजमा कार्यरत कर्मचारीहरुको जिउ धन को संरक्षण गर्न ,साथ- साथै वरपरको वातावरण पनि सफा राख्न , वडा भित्र रहेका नागरिको जिउ धन को सुरक्षा गर्न , हाम्रो एशोसिएसनको सोच गण्डकी प्रदेश र पोखरा महानगरपालिका भन्दा अगावै हामीले ग्यारेज भित्र सफा गर्नु पर्छ भन्ने मान्यता का साथ डेङ्गि सचेतना कार्यक्रम लाइ पहिलो प्राथमिकता मा राखेर थालानी गरेको बताउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0