
पोखरा ,श्रावण २१ गते
पोखरा महानगरपालिका वार्ड न. ५ ले स्वास्थ्य सेवा लाइ प्रभावकारी बनायो।
पोखरा महानगरपालिका वार्ड न ५ को शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र ले स्वास्थ्य सेवा लाइ प्रभावकारी बनाउन २०८२ बैसाख महिना देखि नै विभिन्न कार्यक्रम गर्दै आयको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र कि सिनियर ENM अस्मिता पौडेल ले यस अनलाइन लाइ बताउनु भएको छ। शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र (Urban Health Promotion Center) भन्ने बित्तिकै शहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई लक्षित गरी स्वास्थ्य सेवा, शिक्षा, तथा प्रवर्द्धन सम्बन्धी सेवा दिने गर्दछ । यी केन्द्रहरू विशेष गरी गरीब, श्रमिक, महिला, बालबालिका, वृद्ध, र विपन्न समुदायहरूलाई केन्द्रित गरेर सेवा दिन्छन्। बैशाख महिना मा श्री बाराही प्राथमिक विद्यालय, श्री धर्मस्थली आधारभूत विद्यालय र विरेन्द्र मेमोरियल स्कुल मा “School Health Programe” सम्बन्धि कार्यक्रम गरेको जानकारी दिनुभएको छ। असार महिना मा पोखरा महानगरपालिका को समन्वयमा वार्ड न ५ को शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र ले सुर्यचन्द्र विकास समाज मा टोल का प्रतिनिधिहरु , टोलका आमा समुहहरु गरि ४५ जना लाइ डेङ्गि रोग रोकथाम एवं नियन्त्रण सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरेको उनले बताएकी छिन। उहाँले कन्चन बचत तथा ऋण सहकारी संस्था लिमिटेड संग समन्वय गरेर असार २१ गते शनिवार डेंगु रोग रोकथाम तथा सचेतना कार्यक्रम गरेको पनि बताएकी छिन। अहिले टोल – टोल मा आमा समुहहरुले आँफैले डेङ्गि रोग रोकथाम का लागि सचेतना तथा सरसफाई गर्दै आइरहनु भएको उहाँले बताउनु भएको छ। सिनियर ENM अस्मिता पौडेल ले परिवार नियोजन सेवा अन्तर्गत परिवार नियोजनका फाइदा र विधिहरूको जानकारी सम्बन्धि २० जनाले .सेवा लीइ सक्नु भएको , टि. बी. रोग ३ जना विरामीले औषधि सेवन गरि सक्नु भएको, १४० जना बच्चाहरुलाई नियमित खोप लगाइसकेको , सामान्य स्वास्थ्य सेवा अन्तर्गत रोग को चेक जाँच ३५० जनाले गरिसक्नु भएको र ४ जना मातृ तथा शिशु स्वास्थ्य सेवा अन्तर्गत ४ जना गर्भवती महिलाहरुलाई चेक जाँच गरिसकेको बताउनु भएको छ।

