पोखरा ,श्रावण २८ गते
पोखरा महानगरपालिका वडा न. १२ ले डेंगु सचेतना कार्यक्रम गरेको छ। आर्थिक बर्ष सकिंदै गर्दा श्रावण ७ गते नेपाल रेडक्रस सोसाइटी र वडा न. १२ को संयुक्त आयोजनामा डेंगु रोग सम्बन्धि सचेतना र्‍याली कार्यक्रम सम्मपन्न गरेको छ। पोखरा महानगरपालिका वडा न. १२ का अध्यक्ष श्री सन्तोष बास्तोला सहित सबै राजनीतिक दलका प्रतिनिधिहरु , वडा सद्स्यहरु, वडा का कर्मचारीहरु, टाेलका आमा समुहहरु, टाेलका अध्यक्षहरु, टाेलका क्लब प्रतिनिधिहरु, शहरी स्वास्थ्य माटेपानी, नेपाल रेड क्रस सोसाइटी उप-शाखा १२, सामुदायिक सेवा केन्द्र माटेपानी का प्रतिनिधिहरु लगाएत करिब ३०० जना सहभागी भै ,बिहान ७ बजे वडा मा जम्मा भै ढिकालेथर , माछापुच्छ्रे टाेल , सरस्वती टाेल , हस्पिटल मार्ग, उपकार मार्ग , गुम्वाफेदी , नहर मार्ग, पुरानोधारा र चापापानी टाेल मा डेंगु सचेतना र्‍याली गरि शितालादेवी पार्क मा जम्मा भै डेंगु सचेतना सम्बन्धि कार्यक्रम गरेर पुन:उक्त र्‍याली वडा मा आइ वडा अध्यक्ष श्री सन्तोष बास्तोला ले डेंगु सचेतना सम्बन्धि जानकारी गराइ कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0