पोखरा, भदौ २ गते

जबरजस्ती करणी तथा बालबालिका बिरुद्दको कसूर गर्ने व्यक्ति पक्राउ विद्युतीय माध्यमको प्रयोग गरी Digital Platform मा Child Sexual Abuse Materials (CSAM) राखेको जानकारी National Central for Missing & Exploited Children ( NCMEC) बाट Cyber Tipline Report मार्फत साइबर ब्यूरो काठमाण्डौ भोटोहिटीवाट प्राप्त कागजातहरूको विषयमा अनुसन्धान गर्दै जाँदा आफ्नै हाडनातामा पर्ने हाल नाम थर वतन परिवर्तित “२०८२।०८३ पोखरा १३” लाई नामथर वतन परिवर्तित “२०७२।०७३ कास्की १०” ले जवरजस्ती करणी गरी सो को भिडियोहरू र हाल नाम थर वतन परिवर्तित “२०८२।०८३ पोखरा १२” लाई समेत बाल यौन दुर्व्यवहार गरी सो समेतको
भिडियोहरू आफ्नो Digital Platform मा सेभ गरी राखि “२०७२।०७३ कास्की १०” ले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३, जवरजस्ती करणी र बालबालिका बिरुद्दको कसुर गरेको देखिएकोले तालुक नेपाल प्रहरी प्रधान
कार्यालय, साइबर ब्यूरो, काठमाडौं सँगको सहकार्यमा जिल्ला प्रहरी कार्यालय, कास्की बाट खटिएको प्रहरी टोलीले मिति २०८२।०४।३० गते अं. १४:२६ बजेको समयमा CSAM रहेको मोबाइल सहित नामथर वतन परिवर्तित
“२०७२।०७३ कास्की १०” लाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई निज विरुद्द जवरजस्ती करणी सम्बन्धि कसूर, बालबालिका बिरुद्दको कसूर र विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा सम्मानित कास्की
जिल्ला अदालतबाट दिन- ०५ (पाँच) म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको ।

जिल्ला प्रहरी कार्यालय ,कास्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0