पोखरा मंसिर ९ गते
पोखरा मा ३४औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०८२ शुरु हुने भएको छ ।
 नेपाल मणिपाल अस्पताल ३४औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औं क्यान इन्फोटेक–२०८२ मेला मंसिर १७ देखि २२ गतेसम्म  प्रदर्शनी केन्द्र, नयाँबजार, पोखरा मा शुरु हुने आज एक पत्रकार सम्मेलन  गरि जानकारी गरिएको थियो । “लगानीको सम्बर्द्धन : उद्योग व्यवसायको प्रवर्द्धन” स्थानीय उद्योग, मौलिक उत्पादन, अत्याधुनिक प्रविधि,
अन्तर्राष्ट्रिय व्यापार र विविध सांस्कृतिक पहिचान,सबैलाई एकै मञ्चमा जोड्ने समृद्धिको महान संगम  ३४औं राष्ट्रिय औद्योगिक व्यापार मेला भएको आयोजको दावी छ।
 लघु, घरेलु तथा साना उद्यमीले उत्पादन गरेका मौलिक वस्तुहरूको प्रदर्शनी,महिला उद्यमीहरूको विशेष प्याभिलियन, प्राङ्गारिक कृषि उपजको छुट्टै प्रदर्शन,उपयुक्त तथा नविन प्रविधिहरूको प्रदर्शनी, अन्तर्राष्ट्रिय उत्पादन भएका औद्योगिक सामग्रीहरूको प्रदर्शन,विकास साझेदार संस्थाहरूका उपलब्धि तथा परियोजनाहरूको प्रदर्शन,बैंक तथा वित्तीय संस्था तथा व्यवसायिक विकास सेवा प्रदायकहरूको सहभागिता, B2B बैठक, अन्तरक्रिया, सेमिनार तथा ज्ञान–साझेदारी कार्यक्रमहरु  मेलाका  मुख्य आकर्षणहरू रहने आयोजक पोखरा उधोग बाणिज्य संघ को दाबी रहेको छ।
नेपालको विविधता झल्काउने आकर्षक सांस्कृतिक प्रस्तुतिहरु बालन नाच, भजन चुड्का, मगर सांस्कृतिक प्रस्तुति (कौरा, सोरठी आदि),घाँटु नाच, नेवा: सांस्कृतिक कार्यक्रम, तमु समुदायका सांस्कृतिक प्रस्तुति, अन्य प्रदेशीय कला–संस्कृतिका विविध कार्यक्रमहरू र  सांस्कृतिक रंग–रूप, पहिचान र परम्पराको समृद्ध मिश्रण झल्काउने सांस्कृतिक कार्यक्रमहरू हुने भएको एक बिज्ञापति मार्फत पत्रकार सम्मेलन मा जानकारी गरिएको थियो । महोत्सव मा प्रवेश शुल्क भने निशुल्क भएको पोखरा उधोग बाणिज्य संघ का अध्यक्ष श्री गोकर्ण कार्की ले सम्मेलन मा जानकारी गर्नु भएको थियो ।
मेलामा कृषि उत्पादन,छाला तथा लेदर सामग्री,यात्रा तथा पर्यटन, कसमेटिक्स,विद्युत तथा इलेक्ट्रोनिक्स,फ्लोरिङ तथा फर्निसिङ,हस्तकला,होम डेकोर,अटोमोबाइल,पुस्तक तथा सजावटी सामग्री,फेसन आइटम,खाद्य तथा पेय पदार्थ,स्वास्थ्य तथा फिटनेस,सूचना प्रविधि,शिक्षा,वित्तीय संस्था,ग्याजेट तथा घरायसी उपकरणहरू को स्टल रहने भएको छ। मेला मा  अनुमानित आम्दानी रु ५० लाख, अनुमानित खर्च रु ४५ लाख , र बचत रकम रु ५ लाख हुने आयोजको दाबी छ । मेला बाट बचत भएको रकम उधमशिलता प्रवर्द्धन गर्न तथा व्यावसायिहरुको क्षमता अभिवृद्धिको लागि खर्च गरिने आयोजक ले जनाएको छ।
व्याबसायी को हक हित , स्थानीय उत्पादन को बिक्री वितरण , बजारलाई चलायमान बनाउन विभिन्न क्षेत्रका उत्पादनमुलक बस्तुहरुको प्रद्शनी र  अवलोकन गरि ग्राहक सम्म पुर्याउनु र   संस्कृतिको प्रवर्द्धन र संरक्षण मा ध्यान केन्द्रित गराउनु मेलाको मुख्य उद्देश्य रहेको आयोजक को दावी रहेको छ । मानिस को जीवन मा स्वास्थ्य पहिलो प्राथमिकता मा हेरिने भएकोले  र नेपाल मणिपाल अस्पताल ले स्वास्थ्य लगाएत  सामाजिक क्षेत्रमा योगदान दिदै आइरहेकोले  नेपाल मणिपाल अस्पताल लाई विशेष रुपमा अग्र पंक्तिमा राखीएको पत्रकार सम्मेलन मा जानकारी गरिएको थियो । भदौ २३ र २४ गते को  Genz आन्दोलन ले सरकारी क्षेत्र मात्र नभइ  निजि क्षेत्रका व्याबसायिहरुको पनि व्यापार मा ठुलो नोक्सान गर्दा, तहस नहस भएका र विचल्ली व्यापारीहरुको व्यापार व्याबसाय लाई थप टेवा पुग्न सक्ने धय ले , यस्तो कठिन परिस्थितिमा पनि मेला आयोजना गर्न लागीएको
अध्यक्ष श्री गोकर्ण कार्की ले बताउनु भएको थियो ।क्यान नेपाल महासंघ, कास्कीले विगत १३ वर्षदेखि आयोजना गर्दै आइरहेको क्यान इन्फोटेकलाई पनि  मेलामा समाहित गर्दै  मेलामार्फत् नयाँ युगको आवश्यकता संवोधन गर्ने प्रयत्न गर्दै  मेलामा क्यानसँग आवद्ध तथा सूचना-प्रविधिको क्षेत्रसँग सम्बन्धित विभिन्न प्रतिष्ठानहरुले पछिल्लो समयका प्रविधि, दैनिक जीवनलाई अझ सरल बनाउने उपकरणहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिने भएको आयोजको भनाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0