पोखरा ,पुष २० गते
युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पौषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह मा वि. को विशाल खेल मैदानमा चौधौं संस्करणको पोखरा महोत्सव आयोजना हुने भयको छ। “युवाको जाँगर राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराका साथ वि स २०६७ वैशाख ७ गते पर्यटकीय नगरी पोखरामा स्थापना भई स्थापना काल देखिनै शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्धनका लागि पोखरा महोत्सवको आयोजना गर्दै आएको  आयोजक ले जनाएको छ।
पोखरा महोत्सवकै आम्दानीबाट यस क्लबले शिक्षाको क्षेत्रमा पोखरा र आसपासमा रहेका २० वटा सामुदायिक विद्यालयहरुमा छात्रवृत्ति अक्षयकोष स्थापना एवं शैक्षिक सामाग्रीहरु वितरण गरेको त्यसै गरी स्वास्थ्य अन्तर्गत ग्रामिण क्षेत्रहरुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको र खेलकुदको क्षेत्रमा क्लब आफैले खेलकुद प्रतियोगिता आयोजना गर्दै विभिन्न खेलकुद प्रतियोगितामा प्रायोजन, सहयोगी संस्था, प्रवंद्धक एवं सहभागीता जनाउँदै आइरहेको आयोजक ले जनाएको छ।
पर्यटन प्रवर्द्धन तर्फ पोखरामा खुल्ला चिडियाखानाको अवधारणा लिई पोखरा महानगरपालीकाको पचभैया क्षेत्रमा पर्ने सामुदायिक वनहरुलाई समेटेर चिडियाखाना निर्माणको पहल गरेको ,महोत्सव बाहेक युनाइटेड क्लबले नेपालीहरुको दोश्रो ठूलो पर्व तिहारको अवसरमा देउसी भैलो कार्यक्रमको आयोजना गरी त्यसबाट बचत भएको रकमबाट विपद व्यवस्थापन कोष स्थापना गरी विपदका घटनावाट प्रभावितहरुलाई सहयोग गर्दै आएको आयोजक ले जनाएको छ।
एघारौं पोखरा महोत्सव देखि सेती नदीका खोचहरु लाई एक साहसिक पर्यटकीय गन्तव्य स्थल बनाउन पहलकदमी गर्दै आएको ,युनाईटेड क्लबले पोखरा २७ अर्चलेमा रहेको आफ्नै जग्गामा गरिव तथा आर्थिक विपन्न परिवारका बालबालिकालाई लक्षित गरी युनाईटेड छात्रावास निर्माणका लागि डिपिआर अनुरुप निर्माण कार्य अगाडी बढेको जानकारी समेत आयोजक ले जनाएको छ। सो डिपिआर अनुरुप उक्त जग्गामा २० कोठाको भवन निमर्माण सम्पन्न गर्नुपर्नेमा यस वर्ष ३ कोठाको भवन निर्माण भई सकेको र १४औं पोखरा महोत्सवको आम्दानीबाट थप कोठा निमाण गरी आगामी शैक्षिक शत्रदेखि कार्यविधी निर्माण गरी छात्रावास सञ्चालनमा ल्याइने जानकारी समेत आयोजक ले जनाएको छ।

चौधौं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको वेटर होम एपलाएन्सस, सह प्रायोजकमा सिटीजन फर्निचर, प्रायोजकहरुमा बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेड, डियर वक पोखरा स्कुल, हिमश्री फुड्सको उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउ, भिजन लिंक एजुकेशन कन्सल्टेन्सी, सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप पोखरा १० शिवचोक, डिभ्योल मोबिल, पोखरा संकुवा घर, अफिसियल इन्टरनेट भायानेट, अफिसियल इन्स्योरेन्स नेपाल इन्स्योरेन्स, अफिसियल ड्रिङकिङ पार्टनरमा सोल्टी, विशेष महयोगी सम्थामा पोखरा महानगरपालिका र अमरसिंह मावि, सहयोगी संस्थामा गण्डकी प्रज्ञा प्रतिष्ठान हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल, अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैंक, हस्पिटल पार्टनरमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, मोवाइल एप पार्टनरमा वी पोखरा, प्रवर्द्धकमा परिचय, युमिङ पार्टनरमा ववि ब्यूटी सलुन एण्ड ट्रेनिङ सेन्टर, पेमेन्ट पार्टनरमा रेभल, अफिसियल टेलिभिजनमा फेवा टेलिभिजन एचडी र एवीसी टेलिभिजन रहेको छ भने थप प्रायोजकहरु आउने क्रम जारी रहेकोआयोजक ले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0