काठमाडौँ, माघ ३ गते
प्रमुख शाह र उपप्रमुख डंगोलबाट वडा नं. ३२ को प्रशासनिक भवन शिलान्यास
मनोहरा जग्गा एकीकरण आयोजनाबाट करिब २८ करोड रुपियाँ लागतमा जग्गा खरिद गरेर ११ करोड ७५ लाख रुपियाँमा वडा कार्यालय भवन निर्माण सुरु
काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३२ कोटेश्वरको वडा प्रशासकीय भवनको शिलान्यास भएको छ । आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले शिलान्यास गर्नुभएको हो । ४ रोपनी ३ आना १ पैसा क्षेत्रफलमा कार्यालय भवन निर्माण हुनेछ । भवन निर्माणका लागि १७ करोड ४२ लाख ७० हजार ८७५ रुपियाँ अनुमान गरिएको थियो । यसमा बोलपत्रमार्फत प्रतिस्पर्धामा आएका निर्माण पक्षमध्ये चौधरी भीषण एशोसियट जेभीले ३२.३३ प्रतिशत कम रकम अर्थात् ११ करोड ७९ लाख ३० हजार ५११ रुपियाँमा कवोल गरेर निर्माणको जिम्मा पाएको छ । निर्माण पक्षसँग महानगरपालिकाले २०८२ पुस २९ गते सम्झौता गरेको हो । काम सम्पन्न हुने अवधि २०८३ पौष मसान्तसम्म राखिएको छ ।स्रोत :काठमाडौँ महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0