
पोखरा ,माघ १० गते
निर्वाचन आयोग, नेपालले निष्पक्ष निर्वाचनका लागि
निर्वाचन प्रचारप्रसारका क्रममा निजी घर वा सार्वजनिक भवनमा दल वा उम्मेदवारले भित्तेलेखन गर्न पाउँदैनन्। साथै
दलको झण्डा, चुनाव चिह्न वा ब्यानर बनाएर सार्वजनिक प्रदर्शन गर्न वा गराउन निषेध गरेको छ।
कसैको घरको आँगनमा, निजी वा परिवारका सदस्यसँग सम्बन्धित स्थानमा विरोध वा प्रदर्शन गर्न पाइँदैन।
कुनै पनि सवारीसाधन (चारपाङ्ग्रे, मोटरसाइकल, साइकल, बैलगाडा, रिक्सा, ठेलागाडा आदि) प्रयोग गरी ¥याली, जुलुस वा प्रचारप्रसार गर्न पनि निषेध गरेको छ।
निजी घरजग्गा वा सार्वजनिक भवन, उद्यान, सडकको भित्तो, पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको चुनाव चिह्न राख्न वा टाँस्न पाइँदैन।
यी सबै नियमहरू निर्वाचन आचारसंहिता अन्तर्गत निर्वाचन आयोग, नेपाल द्वारा लागू गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

