काठमाडौं,माघ ११ गते
प्रहरी बृत्त थानकोट,प्रहरी प्रभाग बलम्वुले गत साता चन्द्रागिरि नगरक्षेत्रमा संचालित मेडिकल स्टोरमा छापा हानेको हो । मेडिकल स्टोरहरुले ‘कम्पोजिसन ड्रग्स’ बिक्रि बितरण गर्ने गरेको सुचनाको आधारमा प्रहरीले सर्च अपरेशन चलाएको हो । प्रहरीले औषधी व्यवस्था बिभागका प्रतिनिधी सहितको संयुक्त अपरेशन गरेको हो ।
बलम्वु,तिनथाना,थानकोट लगायतमा गरिएको अपरेशनमा ३ वटा मेडिकल स्टोरलाई शिल्ड गरिएको छ । बिल बिजक बिना ड्रग्स स्टोर गरी राखेको पाइएपछि ति स्टोरहरुलाई शिल्ड गरिएको प्रहरीले जानकारी दिएको छ ।
नोटःशिल्ड गरिएका स्टोरहरुको नाम सम्वेदनशिलतालाई ध्यानमा राखेर सार्वजनिक नगरिएको हो । स्रोत :chandragiri metro  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0