चितवन ,भरतपुर माघ १२ गते
पर्यटन व्यवसायमा आवद्ध महिला तथा युवा लक्षित उद्यमशिलतामा आधारित क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।
उद्योग तथा वाणिज्य कार्यालय चितवनका प्रमुख विनोद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  उद्योग वाणीज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव हेमराज भुसाल प्रमुख अतिथि रहनु भएको थियो । शुभारम्भ कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे विशिष्ट अतिथि रहनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि भुसालले यस्ता कार्यक्रमले महिला उद्यमशीलतामा सकारात्मक प्रभाव पार्ने कुरा उल्लेख गर्दै बागमति प्रदेश महिला उद्यमशिलतामा अगाडी रहेको कुरा ब्यक्त गर्नुभयो । त्यस्तै विशिष्ट अतिथि चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न समेत आग्रह गर्नुभयो ।
उद्योग तथा वाणिज्य कार्यालय चितवनका अधिकृत कृष्ण कुमारी श्रेष्ठले स्वागत मन्तव्यसँगै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । उद्योग तथा वाणिज्य कार्यालयका उद्यम विकास सहजकर्ता रञ्जु भट्टले  सञ्चालन गर्नुभएको कार्यक्रमलाई  उद्योग तथा वाणीज्य कार्यालयका प्रमुख विनोद पौडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो । तालिममा चितवन उद्योग संघका उपाध्यक्ष तारा बहादुर कार्की, गोपाल प्रसाद गैरे, कार्य समिति सदस्यहरु सृजना सोती, सरिता खनाल पौडेल  लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम १० दिन सम्म सञ्चालन हुनेछ ।स्रोत :Chitwan Udhyog Sangh
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0