
काठमाडौँ,माघ २६ गते
एनेस्थेसियासहितका उपकरण खरिद गर्न काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई सहयोग गर्ने
सम्झौताबमोजिम सार्वजनिक खरिद प्रक्रियाबाट अस्पतालले स्वास्थ्य उपचारको लागि आवश्यक पर्ने १ थान एनेस्थेसिया मेसिन, २५० केभीएको १ थान जेनेरेटर र ५ सय एम.ए. को १ थान डिजिटल एक्स रे मेसिन खरिद गर्नेछ । खरिद गरिएका उपकरण जडान भएपछि महानगरपालिकाको प्राविधिक टोलीले अनुगमन गर्नेछ । अनुगमन टोलीको प्रतिवेदनपछि प्राप्त बिलबमोजिमको रकम महानगरपालिकाले भुक्तानी गर्नेछ । यो काम आउँदो वर्ष (२०८३ जेष्ठ मसान्त) भित्र सम्पन्न गरिसक्नु पर्नेछ ।स्रोत :metronews.kathmandu
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

