पोखरा ,चैत्र ११ गते
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठको १०१ दिने कार्यकालको उपलब्धि
1 नीतिगत सुधारका प्रयास तथा उपलब्धिहरू
============================== ======================
लैङ्गिक हिंसा सम्बोधन गर्नको लागि लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय कार्ययोजना तयार भएको
मर्यादित महिनावारी सम्बन्धि निर्देशिका (Guidelines for Dignified Menstruation) को मस्यौदा तयार गरिएको ।
लैङ्गिक हिंसा सम्बोधन गर्नको लागि लेङ्गिक हिंसा विरुद्धको एकीकृत कानुनको सैदान्तिक सहमतिको अवधारणा पत्र तयार गरिएको ।मानव बेचबिखन तथा ओसारप्रसार (नियन्त्रण) (दोस्रो संशोधन) नियमावली, २०८२ को मस्यौदा तयार भएको ।
बालबालिका नीति २०८० कार्यान्वयनको राष्ट्रिय कार्ययोजनाको मस्यौदा अन्तिम चरणमा रहेको ।विकास सहायतालाई एकद्वार नीति मार्फत परिचालन गर्ने गरि नीतिगत तयारी भईरहेको ।नेपाल सरकारका विकासका प्रमुख आवश्यकता र रणनीतिक प्राथमिकताहरूमा उल्लेखित Comprehensive White Paper तयार गरिएको ।
2 नीतिगत सुधारका प्रयास तथा उपलब्धिहरू
============================== =================
मानव बेचविखन विरुद्धको राष्ट्रिय नीति २०८२ (National Policy against Human Trafficking 2082) मन्त्रिपरिषद्बाट स्वीकृत भई कार्यान्वयनमा आएको ।अन्तराष्ट्रिय गैरसरकारी संस्थामार्फत संचालन हुने परियोजनालाई व्यवस्थित बनाउन अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको परियोजना सहजीकरण सम्बन्धी कार्यविधि, २०८२ (Project
Facilitation procedure for International Non-Governmental Organizations, 2082) स्वीकृत भएको।बालबालिकाको अधिकार तथा हकहितको संरक्षण र प्रर्वद्धन गर्न, तीन तहको बार्षिक नीति, कार्यक्रम र बजेटको लगानीलाई बालबालिकाको सर्वोत्तम हिततर्फ केन्द्रित गर्न बालबालिका उत्तरदायी बजेट सङ्केत सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८२ (Procedure for Operation and Management of Child-Responsive Budget Code, 2082) स्वीकृत भएकोनेपालको सबै नीति, कार्यक्रम, संस्था र निर्णय प्रक्रियामा लैङ्गिक लेखापरिक्षण अनिवार्य गर्न राष्ट्रिय लैङ्गिक लेखापरिक्षण कार्यविधि २०८२ (National Gender Audit Procedure 2082) स्वीकृत भएको ।
3 नीतिगत सुधारका प्रयास तथा उपलब्धिहरू
============================== ======================
महिला सशक्तीकरण तथा उद्यमशीलतालाई प्रोत्साहन गर्न महिला उद्यमी समुन्नति पुरस्कार कार्यविधि २०८२ स्वीकृत भएको ।CEDAW National Roadmap स्वीकृत गरि महिला विरुद्द हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धि महासन्धि CEDAW का सिफारिस कार्यान्वयन भएको ।नेपाल रेडक्रस सोसाइटीको निर्वाचन सहजीकरणका लागि नेपाल राजपत्नमा बाधा अड्काउ फुकाउने आदेश जारी गरि तदर्थ समितिको म्याद असर मसान्त सम्म थप गरिएको ।
4 सामाजिक सेवा प्रवाह र लक्षित उपलब्धिहरू
============================== ====================
विभिन्न स्थानीय तहहरुबाट जारी हुने अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचय पत्न उपलब्ध गराउदा एकरुपता कायम गर्न ७५३ वटै स्थानीय तहहरुलाई पनाचार तथा अनुरोध गरिएको ।मन्त्रालयमा दृष्टिविहिन व्यक्तिहरुको पहुंच सुदृढ गर्न पहिलो पटक ब्रेल एम्बोस गरिएको बोर्ड तथा भिजिटिङ कार्ड प्रयोगमा ल्याइएको पाँचौं राष्ट्रिय जेष्ठ नागरिक दिवस २०८२ का अवसरमा ज्येष्ठ नागरिकको स्वास्थ्य, सूचना एवं जानकारी मुलक सन्देश/सेवा प्रदान गर्नका लागि ज्येष्ठ नागरिक Dedicated Hotline २१२५ को सुरुवात गरिएको । बालबालिका अधिकार संरक्षण तथा प्रवर्दनका लागि नुवाकोट जिल्लामा अवस्थित केन्द्रीय कारागारमा रहेको खाली ब्लकमा छुट्टै र व्यवस्थित बाल सुधार गृह स्थापना गरि भक्तपुर तथा पर्सा सुधार गृहह्वाट ८१ जना १८ वर्ष भन्दा माथिका बाल विझ्याईकर्तालाई स्थानान्तरण गरिएको । नेपाल सरकार मन्त्रिपरिषदको निर्णयअनुसार भक्तपुर जिल्लामा दिवा शिशु स्याहार केन्द्र स्थापनाको स्वीकृति प्राप्त भई कार्यान्वयनको चरणमा रहेको।
5 संस्थागत सुधारका प्रयास तथा उपलब्धिहरू
============================== =================
मन्त्रालयको कामकाजलाई डिजिटल, पारदर्शी, छिटो र प्रभावकारी बनाउनका लागि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (GIOMS) सुरुवात गरिएको ।७६ जिल्लाको महिला मन्त्रालयको कार्यक्षेनसंग सम्बन्धित र अपांगता तथा ज्येष्ठ नागरिकहरुको प्रदेशगत तथा स्थानीय तहगत Disaggregated तथ्याङ्क सहितको Database बनाइएको ।
6 समाज कल्याण परिषद्को सुदृढीकरण
============================== ==================
परिषद्को रिक्त पदाधिकारीहरुमा विषयविज्ञको नियुक्ति गरिएको ।परिषद् अन्तर्गतका सरकारी जग्गा तथा संरचनाको उपयोगको अनुगमन गरी बाकी बक्यौता उठाउन र सम्झौता कार्यान्वयनका लागि पत्नाचार गरिएको ।लिज सम्झौता उल्लङ्घन गर्दै बढी क्षेत्रफल ओगट्ने तथा अतिक्रमण गर्ने पक्षलाई कानुनी दायरामा ल्याइएको लिज दर समयसापेक्ष तथा न्यायोचित बनाउनको लागि अध्ययन गरी यथार्थपरक र न्यायोचित लिज द निर्धारण गर्ने काम भईरहेको ।
परिषद्को कामकाज निष्पक्ष, पारदर्शी र प्रभावकारी बनाउन डिजिटल सेवा प्रवाह प्रणाली मार्फत परियोजना स्वीकृति, अनुगमन र मूल्याङ्कन सेवा प्रदान गर्ने कार्य शुभारम्भ गरिएको । गैर-नाफामूलक संस्थाहरुका लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य तथा आम विनाशका हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८२ (Directive on Prevention of Money Laundering and Financing of Terrorism for Non-Profit Organizations, 2082) को मस्यौदा अन्तिम चरणमा रहेको ।
7 Commission on the Status of Women (csw) मा उच्चस्तरीय प्रतिनिधित्व
============================== =============
२०८२ साल फागुन २५ देखि चैत ५ न्यूयोर्कमा आयोजना भएको संयुक्त राष्ट्र संघको Commission on the Status of Women (CSW) को ७० औं सलमा नेपालको तर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डलसहित प्रतिनिधित्व गरिएको ।
General Discussion Round मा National Statement पेश गर्दै राष्ट्रको तर्फबाट लैङ्गिक समानता, न्याय र महिला सशक्तीकरणका सम्बन्धमा नेपालले गरेका प्रयास, प्राप्त उपलब्धीहरु, समस्या तथा चुनौतिहरुलाई समावेश गरी सम्बोधन र Ministerial Round Table मा सम्मेलनको Priority Theme मा केन्द्रित रहंदै नेपालको तर्फबाट धारणा राखिएको ।विभिन्न सरकारहरु, CEDAW Committee, UNICEF, UN Women तथा अन्य विशिष्टीकृत निकायहरुले आयोजना गरेका विभिन्न Side Events हरुमा नेपालको प्रतिनिधित्व गर्दै बालविवाह अन्त्य, लैङ्गिक हिंसा अन्त्य, यौन तथा प्रजनन स्वास्थ्य, अधिकार तथा न्याय, किशोरीहरु माथिको लगानी आदि विभिन्न विषयमा नेपालको चारणा पेश गरि नेपालको भूमिकालाई थप सशक्त बनाउने प्रतिवद्दता जनाइएको ।
8 जेन-जी आन्दोलनका घाइते, प्रभावित तथा अभियन्ताहरूसँग सहकार्य र संवाद
============================== ============
जेन-जी आन्दोलनका घाईते, प्रभावित तथा अभियन्ताहरुसँग निरन्तर छलफल तथा भेटघाट गरी आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा सशक्तिकरणका कार्यक्रममा समेट्ने गरी प्रतिबद्धता गरिएको ।
9 कुटनीतिक भेटघाटहरू
============================== =——-=–===
नेपालका लागि संयुक्त राज्य अमेरिकाका तत्कालिन राजदुत महामहिम Dean R Thomson सँग शिष्टाचार भेटवार्ता गर्दै नेपालको मानव बेचबिखन विरुद्ध १० वर्षे राष्ट्रिय कार्ययोजना तथा टीआईपी (TIP) प्रतिवेदन बारे छलफल तथा Tier 2 Watch List को दर्जाबाट नेपाललाई हटाउनका लागि विशेष पहल गरिएको ।European Union का महामहिम राजदुत Veronique Lorenzo तथा अन्य पधाधिकारीसंग देशको समय राजनीति, सामाजिक विकास, महिला सशक्तिकरण लगायत अन्य आपसी चासोका विषयहरुमा छलफल गरिएको ।Chinese Embassy का उच्चपदस्त प्रतिनिधिहरुसंग Chinese New Year को पूर्वसन्ध्यामा शिष्टाचार भेट गर्दै निम्तो स्वीकारेर नयाँ वर्षको उपलक्ष्यमा नेपाली र चिनिया महिला फुटबल टोलीबीच भएको मैत्रीपूर्ण खेलमा प्रमुख अतिथिको रुपमा सहभागिता जनाइएको ।भारतीय राजदुतावासका प्रतिनिधिहरुसँग ग्रामीण विकासका लागि तथा बाल सुधार गृहहरुको व्यवस्थापनका लागि भेटघाट तथा पहल गरिएको ।
UN Women, UNICEF, लगायत विकास साझेदार संस्थाका प्रतिनिधिहरुसँग जेनजी आन्दोलन पश्चातको विषम परिस्तिथिमा नेपालको सामाजिक आर्थिक विकासको क्षेजमा अझै अवसर भएर काम गर्ने सन्दर्भमा छलफल गरिएको ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

