
पोखरा,चैत्र २३ गते
मिति २०८२ चैत १९ गते नेपालमै औषधि उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री श्री निशा मेहताज्यूको उपस्थितिमा नेपाल औषधि लिमिटेड, सिंहदरबार वैद्यखाना विकास समिति र औषधि व्यवस्था विभागबीच महत्वपूर्ण छलफल सम्पन्न भएको छ।
बैठकमा आधारभूत स्वास्थ्य सेवा अन्तर्गत निःशुल्क वितरण गरिने औषधिहरू स्वदेशमै उत्पादन गर्ने सम्भाव्यताबारे विस्तृत छलफल गरिएको थियो। साथै, नेपालमै गुणस्तरीय औषधिको उत्पादन सम्वन्धमा पनि विशेष छलफल भएको थियो । स्वास्थ्य सेवामा स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्दै आत्मनिर्भरता हासिल गर्ने दिशामा यस बैठकलाई एक महत्वपूर्ण पहलका रूपमा लिइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
+1
+1
+1
