पोखरा ,चैत्र १७ गते
वन्यजन्तुमैत्री सडक: १९ स्थानमा ‘अन्डरपास’:: बुटवल-गोरुसिङ्गे-चन्द्रौटा सडक खण्ड
पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे-चन्द्रौटा सडक खण्डलाई आधुनिक र स्मार्ट बनाउने लक्ष्यसहित स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढेको छ।
यो सडक खण्डलाई ‘वन्यजन्तुमैत्री’ बनाउन विशेष प्राथमिकता दिइएको छ।बुटवलदेखि गोरुसिङ्गेसम्मको ५० किलोमिटरमध्ये करिब १९ किलोमिटर सडक घना वन क्षेत्र (तराई आर्क ल्यान्डस्केप) बाट गुज्रिन्छ। बाघ, चित्तल, हरिण, स्याललगायतका वन्यजन्तुको सुरक्षित आवागमनका लागि वन क्षेत्रमा कम्तीमा १९ स्थानमा अन्डरपास निर्माण भइरहेको छ।
यी अन्डरपासहरू सानादेखि ठूला जनावरसम्म सहजै वारपार गर्न सक्ने गरी ३ देखि ६ मिटर वा सोभन्दा बढी उचाइका हुनेछन्।
सडकमा हुने दुर्घटनामध्ये ठूलो हिस्सा वन्यजन्तुसँग ठोक्किएर हुने गरेकाले यस्तो ‘क्रसिङ करिडोर’ अनिवार्य गरिएको हो। कतिपय स्थानमा सवारी साधन र पैदलयात्रुका लागि छुट्टाछुट्टै अन्डरपाससमेत निर्माण गरिनेछ।स्रोत :WildNepal
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0