
पोखरा ,चैत्र २२ गते
चिकित्सकहरूका अनुसार परेवा वा भँगेराजस्ता चरामा बर्ड फ्लुको सङ्क्रमण नभई कागमा देखिँदा मान्छेमा त्यसबारे जिज्ञासा हुनु पनि स्वाभाविक हो।
अरू चराका तुलनामा कागमा बर्ड फ्लुको भाइरस हुनुका दुई-तीनवटा सम्भावित कारण हुन सक्ने चिकित्सकहरू बताउँछन्।
विभागकी उपमहानिर्देशक डा. काफ्ले भन्छिन्, “एउटा कारण कागले मासु खाने भएर पनि हो। बर्ड फ्लु लागेको कुखुराको मासु खाएपछि काग पनि सङ्क्रमित हुन पुग्छन्।”
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका वरिष्ठ पशु विकास अधिकृत डा. श्रेष्ठ काग मरेको पछिल्लो घटनालाई त्यससँगै जोडेर हेर्छन्।
उनले भने, “कुखुरापालक कृषकले शुरूमा बर्ड फ्लुका कारण मरेका कुखुरा तारकेश्वर वा टोखा क्षेत्रमा फालेपछि त्यो खाएका कागहरूमा बर्ड फ्लु लागेको हुन सक्छ।”
नेपाल भेटनरी काउन्सिलका सदस्य डा. शिशिर भण्डारीका अनुसार मानव बस्तीमा कागको आउजाउ हुने भएकोले बर्ड फ्लु देखिएको क्षेत्रमा गएपछि तिनीहरू पनि सङ्क्रमित हुन सक्छन्।
त्यसबाहेक बसाइँसराइ गर्ने पशुपक्षीको सम्पर्कमा आउँदा पनि कागमा बर्ड फ्लु लाग्ने एउटा कारण हुन सक्ने उनी बताउँछन्।स्रोत :WildNepal
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

