भरतपुर, चैत्र २३ गते
उद्यमशिलताको विकासको लागि दशौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना हुने भएको छ ।
उद्यमशिलता विकास मार्फत नयाँ उद्यमी सिर्जना, औद्योगिक उत्पादकत्व बृद्धि, औद्योगिक पूर्वाधारको विकासका लागि उद्योग मैत्री नीति निर्माणमा बहश पैरवी, रोजगारी सिर्जना गर्ने र स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गरी स्वदेशी उद्योगहरुको प्रबद्र्धन, स्वदेशी उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पहुँच पु¥याउने उद्देश्यका साथ चितवन उद्योग संघको आयोजनामा दशौं संस्करणको रुपमा २०८२ चैत्र २७ गतेदेखि २९ गतेसम्म चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा “दशौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८२” आयोजना हुने भएको छ ।
प्रदर्शनीमा उत्पादन तथा सेवामूलक उद्योगको लागि उपयोगी हुने मेशिन तथा प्रविधिको प्रदर्शनी गर्ने, स्वदेशी उत्पादन (हस्तकला, गार्मेन्ट, निर्माणजन्य सामाग्रीहरु, प्लाष्टिक, प्रिन्टिङ्ग, प्याकेजिङ्ग, कृषि, उर्जा लगायत) का प्रदर्शनी तथा प्रबद्र्धन गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँचको लागि वातावरण तयार गर्ने तथा विभिन्न नीतिगत बहस र प्यानल छलफल मार्फत स्वदेशी उद्यमशिलताको विकासको लागि मार्गचित्र कोर्ने विश्वास लिइएको चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले बताउनुभयो ।
प्रदर्शनीले राष्ट्रिय बजारमा सहज पहुँच सुनिश्चित गर्ने, स्वदेशी वस्तुको प्रवद्र्धनमार्फत आयात प्रतिस्थापन र निर्यात वृद्धिलाई प्रोत्साहन गर्ने, रोजगारी वृद्धि र स्थानीय स्रोतसाधनको अधिकतम उपयोगमार्फत स्वदेशी उद्योगको उन्नति र समृद्ध राष्ट्र निर्माणमा योगदान पु¥याउने, लगानीकर्ता र स्टार्टअपहरूबीच प्रत्यक्ष भेटघाट (बिटुबि) गर्ने, युवाहरूलाई उद्यमशीलताप्रति आकर्षित गर्न र स्वदेशी उत्पादनप्रति गर्वको भावना जागृत गराउन नेपालका सातवटै प्रदेशको स्टल सहभागिताका साथै प्रदर्शनीको मुख्य आकर्षणमा राष्ट्रिय आविष्कार केन्द्रको प्रविधि तथा मेशिनरीको स्टल र “मेक इन नेपाल स्वदेशी अभियान” मा आवद्ध उद्योगहरुको समेत स्टल रहने अध्यक्ष घिमिरेले जानकारी गराउनु भयो ।
त्यस्तै चितवन उद्योग संघका उपाध्यक्ष एवम् प्रदर्शनी विभागका विभागीय प्रमुख गजेन्द्र अधिकारीले प्रदर्शनीबाट कृषि, स्वास्थ्य, सूचना प्रविधि र उत्पादन क्षेत्रका आधुनिक मेशिनरीको प्रदर्शनमार्फत प्रदर्शक र अवलोकनकर्तालाई प्राविधिक ज्ञान, लघु, घरेलु र साना उद्योगहरूले नवीन प्रविधि अवलम्बन गरी उत्पादकत्व र प्रतिस्पर्धात्मकता बढाउने, प्रदर्शकहरूले आफ्ना उत्पादनको ब्राण्डिङ, बजार पहुँच र ग्राहकसँग प्रत्यक्ष सम्पर्कको अवसर प्राप्त गर्ने, युवाहरूलाई उद्यमशीलतामा प्रेरित गर्दै नयाँ उद्यमी सिर्जना, प्रदर्शकका नवीन आइडियालाई मञ्च प्रदान, सुस्त अर्थतन्त्रलाई चलायमान बनाउँदै प्रदर्शकका उत्पादन र सेवाको बिक्री वृद्धि, स्वदेशी–विदेशी उद्योगीहरूबीच छलफलमार्फत प्रदर्शकका लागि उत्पादन सुधार, प्याकेजिङ र अन्तर्राष्ट्रिय बजारमा पहुँच, सूचना प्रविधिको उपयोगले प्रदर्शकका उत्पादन प्रक्रिया र बजार रणनीतिमा प्रभावकारिता, सरकारी औद्योगिक कार्यक्रमको कार्यान्वयन र नीतिगत सुझावमार्फत प्रदर्शकलाई नीतिगत लाभ, उद्योग र प्रविधिबीच सहकार्यमार्फत प्रदर्शकका लागि दीगो व्यवसायिक वृद्धिको आधार निर्माण उपलब्धी रहने विश्वास लिइएको बताउनुभयो ।
प्रदर्शनीमा नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व रहेको यस प्रदर्शनीमा नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र मुख्य प्रबद्र्धकको रुपमा रहेको छ । भने, इन्सुरेन्स पार्टनरमा राष्ट्रिय विमा कम्पनी लि., Home Appliance पार्टनरमा DHi Happier Home, फुड एण्ड स्क्याक्स पार्टनरमा रिजाल फुड एण्ड वेभरेजेज, बेभरेज पार्टनरमा यति बु्रअरी, हस्पिटालिटी पार्टनरमा लर्डस होटल एण्ड रिसोर्ट (सिबिसि प्लाजा), पेन्टस् पार्टनरमा रोयल पेन्टस् प्रा.लि., कुलिङ पार्टनरमा टेस्ला ए.सी.रहेको छ । त्यस्तै प्रदर्शनीको सहयोगी संस्थामा सामाजिक सुरक्षा कोष, प्रबद्र्धकको रुपमा उद्योग तथा वाणिज्य कार्यालय, चितवन, भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका, माडी नगरपालिका लगायत चितवनका सम्पूर्ण स्थानीय पालिकाहरुको सहभागिता रहने उपाध्यक्ष अधिकारीले जानकारी गराउनु भयो ।
प्रदर्शनीको दोश्रो दिन नीजि क्षेत्रको विशेष कार्यपत्र प्रस्तुति सहित “नेपालको वर्तमान औद्योगिक अवस्था र भावी गन्तव्य” शीर्षकमा विषय विज्ञ र सरोकारवाला निकायहरुको सहभागितामा प्यानल छलफल समेत हुँदैछ । निःशुल्क प्रवेश रहेको प्रदर्शनीमा २५ हजार भन्दा बढी उद्योगी, व्यवसायीहरुको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रदर्शनीमा स्वदेशी र विदेशी गरी १०० भन्दा बढी स्टलहरु रहनेछन् । प्रदर्शनीले स्वदेशी उद्योग र प्रविधिको प्रवद्र्धन, नवीनतम प्रविधिको अवलम्बन र अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने र नेपालको औद्योगिक भविष्यलाई नयाँ दिशा प्रदान गर्दै समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको सपनालाई साकार पार्न आधार तयार गर्ने विश्वास लिइएको आयोजकको दावी छ ।
चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले स्वागत गर्नुभएको पत्रकार सम्मेलन कार्यक्रमलाई चितनव उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0