पोखरा ,चैत्र २४ गते
स्वदेशी लगानी, साहिक स्वामित्व र नेपाली अतिथ्य सस्कृतिलाई आधार बनाएर अघि बढिरहेको होटल पौवा प्रालीले आफ्नो गौरवमय १० वर्ष पूरा गरेको छ । १० वर्ष अघि चैत २५ गते नेपाली हस्पिटालिटीको घोषणा गर्दै सेवा आरम्भ गरेको पौवाले १० वर्षे गौरवमय यात्रा पूरा गरेको हो।
नेपाली स्वाद, नेपालस् आतिथ्य र नेपाली परिकारलाई देश विदेशमा चाण्डीड गर्ने लक्ष्य लिएर सेवा दिदै आएको होटल पौवाले १० औं वार्षिकोत्सवको अवसरमा देशभर रहेका सम्पूर्ण शाखाहरूमा “स्वाद उत्सव” कार्यक्रम आयोजना गर्ने भएको छ ।
यही चैत्र २६, २७ र २८ गते तीन दिनसम्म सन्चालन हुने उक्त उत्सवमा होटल पौवाका सबै शाखाहरूमा विशेष अतिथि सत्कार सहित नेपाली रैथाने स्वाद लिएर ग्राहकहरूलाई छुट्टै अनुभव र आनन्द प्रदान गर्ने कार्यक्रम राखिएको होटल पौवाका वाण्डिङ विभाग प्रमुख विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी हुन देशभरका शाखाहरूबाट ४० हजारभन्दा बडी निमन्त्रणापत्र वितरण गरिएको भण्डारीले वताउनुभयो । पौवाको उत्कप्ट अतिथ्यलाइ स्वीकार गर्दै आमन्त्रित सबै महानुभावहरू उत्सवमा सहभागी हुनुहुने उहाको अपेक्षा छ ।
रुपन्देहीको सालझण्डीस्थित सानो घरको सात कोठाबाट प्रारम्भ भएको चेन होटलको सेवा भैरहवाबाट होटल पौवाको नामले देशका विभिन्न क्षेत्रमा विस्तार हुदै गएको छ । छोटो अवधिमै नेपाली आतिथ्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै हाल देशका विभिन्न स्थानमा २० वटा शाखा मार्फत पौवाले सेवा प्रदान गर्दै आएको छ। “जहांबाट नेपाली आतिथ्यको सुरुवात हुन्छ भन्ने मूल नाराका साथ अधि बढिरहेको पौवाले नेपाली भाषा, संस्कृत तथा रैथाने खानाको संरक्षण र प्रवर्द्धनमा विशेष जोड दिदै आएको छ ।
बार्षिकोत्सवकै अवसरमा कम्पनीले आफ्ना लगानीकतां तथा सहयात्रीहरूसंग भावी रणनीति र विस्तार योजनावारे छलफल गर्ने उद्देश्यले ” बितायौं बालापन ” अवधारणामा चैत्र २८ गते भैरहवा शाखामा लगानी सम्मेलनसमेत आयोजना गर्ने जनाएको छ। एक दशकसम्म प्राप्त अभूतपूर्व विश्वासका आधारमा शताब्दी चुम्ने लक्ष्य ‘मिसन १००’ लाई सफल बनाउन सो लगानी सम्मेलन आयोजना गरिएको हो ।” मिसन १००” संख्यात्मक लक्ष्य मात्र नभएर व्यवस्थापन क्षमता ब्राण्डलाई विश्वसनीयता र संस्थागत परिपक्वताको परीक्षण भएको ब्राण्डिङ विभाग प्रमुख भण्डारीले बताउनुभयो । मिसन १०० अन्तर्गत गुणस्तर, प्रणाली, प्रविधि, मानव संसाधन विकास र नेपाली हस्पिटालिटी बाण्डलाई अन्तर्राष्ट्रिय मापदण्डसहितको स्तरमा उक्लिने दिशामा अघि बढ्ने योजना रहेका छ।
होटल पौवा सन्जालमा हाल कण्डै १००० भन्दा बढी कर्मचारी कार्यरत छन भने २५० भन्दा बढी लगानीकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ। कम्पनीले आगामी दिनमा देशका विभिन्न स्थानमा चप शाखा विस्तार गर्दै नेपाली आतिथीलाई अव्यापक रूपमा प्रवर्द्धन गर्ने योजना अधि बढाएको छ ।
नेपाली कला संस्कृति र परम्परालाई विविध कार्यक्रमहरु मार्फत प्रवर्द्धन गर्दै आएको होटल पौवाले नेपाली नयाँ वर्ष २०८३ को स्वागत पनि विशेष कार्यक्रम सहित गर्ने तयारी गरेको भण्डारीले जानकारी दिनुभयो । नयाँवर्षको स्वागतमा चैत्र ३० गतेको सांझ पौवाका अधिकास शाखाहरुमा स्थानीय तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुबाट सांगितिक कार्यक्रम सहित ‘शुभकामना सांझ-२०८३ आयोजना हुने उहांले बताउनु भयो ।
होटल पौवाले नेपाली मौलिक परम्परामा आधारित विभिन्न जातीजनजातीका चाड तथा पर्वहरुमा विशेष कार्यक्रम गर्दै नेपाली संस्कृति र परम्पराको संरक्षण गर्दै आएको छ । भण्डारीका अनुसार दशैँपछिको पूर्णीमाको सराय नाच, तिहारकी देउसी भैला, माघिको खिचडी, महाशिवरात्री जस्ता पर्वहरुमा ग्राहकहरुको उपस्थितीमा पौवाका शाखाहरुमा विशेष उत्सव हुने गरेको छ ।
कम्पनीले वार्षिकोत्सवको अवसरमा आयोजना हुने स्वाद उत्सव’ कार्यक्रममा सहभागी भई नेपाली स्वाद र आतिथ्यको अनुभव लिन सम्पूर्ण ग्राहक तथा सरोकारवालालाई हार्दिक आमन्त्रण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0