
पोखरा ,चैत्र २४ गते
होटल व्यवसायी महासंघ नेपाल को १३ औं वार्षिक साधारणसभा तथा ५ औं महाधिवेशन को मिति तय भएको छ ।
होटल व्यवसायी महासंघ नेपालको यहि २०८२ साल चैत्र २७ र २८ गते हुने १३ औं वार्षिक साधारणसभा तथा ५ औं महाधिवेशनको अवसरमा पत्रकार सम्मेलन भएको छ।
होटल व्यवसायी महासंघ नेपाल ले देशैभरी छरिएर रहेका साना, मझौला र ठुला होटल, रेष्टुरेण्ड आइकेट, रिसोर्ट लज एवम् क्याफे लगायत (Food and Accomodation) सेवाको क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुको छाता संस्थाको रुपमा रहेको गैर नाफामुलक राष्ट्रिय स्तरको सामाजिक संस्था हो। २०६८ सालमा स्थापना भएको यस संस्थाले वैधानिकताको साथ आफ्नो विधानले निर्दिष्ट गरेको नेपालको पर्यटन क्षेत्र, त्यसमा पनि होटल तथा रेष्टुरेन्ट व्यवसायीको हकहित संरक्षणका लागि विभिन्न निकायहरुसंगको सहकार्यमा कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ।
देशैभरका ७७ वटै जिल्लामा रहेका करिब १ लाख ५० हजार भन्दा धेरै होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको छाता संस्था महासंघ नेपालले संघिय सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहित विभिन्न मन्त्रालयहरु, प्रदेश सरकार एवम् पर्यटन मन्त्रालय, स्थानिय सरकार, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, आन्तरिक तथा बाह्य पर्यटनसंग सरोकार रास्ने विभिन्न संघसंस्थाहरुसंग सहकार्य गर्दै व्यवसायीको हकहित सरक्षण, रोजगारी सिर्जना, गरिवी निवारण तथा वैदेशिक मुद्रा आर्जनको प्रमुख क्षेत्रको रुपमा रहेको यस संस्थाले सम्बद्ध निकायहरुसंगको साथ, सहयोग, समर्थन र सहजिकरण गर्दै व्यवसायिक प्रवर्द्धन र सामाजिक सहकार्यको उद्देश्यका साथ अगाडि बढिरहेको आज पत्रकार सम्मेलन मार्फत जानकारी गरेको थियो ।
देशैभर एक स्थानबाट अर्को स्थानमा हवाई स्थल मार्गबाट दैनिक ४/५ लाख यात्रुहरु आउने जाने गरेको अवस्थामा महासंघ नेपात्तसंग आबद्ध हरेक स्तरको होटलहरुमा बस्ने खाने गरेको छ। यसले गर्दा व्यवसायिक तथा पर्यटन प्रवर्द्धनको हिसावले महासंघको होटल, रेखुरेण्टहरुले तराई, पहाड, हिमात्ती क्षेत्रमा विशिष्ट योगदान पुयाएको छ। हाम्रा होटल व्यवसायीहरुले करिब ५ खर्ब लगानी गरेका छन् भने बैंक तथा सहकारीहरुबाट रु. २ खर्च कर्जा कारोबार गरेका छन्। होटल व्यवसायीहरु पारिवारिक रुपमा आफै होटलमा संलग्न छन् भने १३ लाख ५० हजारले रोजगारी पाएका छन् र तलब तथा सुविधामा रु. २० अर्व प्रत्यक्ष अप्रत्यक्ष रुपमा पाइरहेका छन्। वार्षिक कारोवार रु. ६ खर्व ६० करोड छ भने नेपाल सरकारलाई प्रत्यक्ष अप्रत्यक्ष कर बापत रु. ६० अर्थ बुझाएका छौं। हामी होटल व्यवसायीहरुको दैनिक बास बस्ने क्षमता १० लाख बेड रहेका छन् । देशको अर्थतन्त्रमा होटल व्यवसायी महासंघ नेपालले प्रमुख योगदान दिँदै आइरहेको विज्ञप्ति मार्फत उल्लेख गरिएको थियो।
तर नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट होटल व्यवसायी महासंघ नेपालसंग आवश्यक सहकार्य तथा प्रस्तुत गरिएको सुझाव, सल्लाहहरुलाई कार्यान्वयन पक्षमा सकारात्मक रहेको छैन भने हामी महासंघ, प्रदेश, जिल्ला तथा ईकाइ होटल व्यवसायी संघहरु निरन्तर रुपमा देशमा रोजगारी, कृषि उत्पादनको खपत हामीले गर्ने गरेको, राष्ट्रिय उद्योगको उत्पादनमा हामीहरुको व्यवसायीहरुले निर्माण तथा दैनिक उपभोगको रुपमा पर्याप्त मात्रामा प्रयोग गरेको र राष्ट्रिय GDP (कुल ग्राहस्थ उत्पादन) मा होटल व्यवसायी महासंघ नेपाल को योगदान उरहेको विज्ञप्ति मार्फत उल्लेख गरिएको थियो।
हामी बीच संधिय, प्रदेश र स्थानीय निकायको पर्यटन ऐन, पर्यटन नीति व्यवसायीमुखी नभएको, बार्षिक बजेटहरु पर्यटन शिर्षकमा विनियोजित रुपमा रहेतापनि महासंघको धारणा अनुरुप पर्यटन प्रवर्द्धनमा सहि प्रयोगमा नआएको र यहि व्यवसायबाट रोजगारीमा बिदेश पलायन भएका नेपाली दाजुभाईहरुबाट उल्लेख्य विदेशी बिनिमय आइरहेको सन्दर्भमा देशको सबै क्षेत्रमा विभिन्न तालिमहरु प्रदान गरी व्यवसायीहरु र कामदारहरुलाई दक्ष बनाउनको
लागि पर्याप्त बजेट व्यवस्थापन गरि नियमित तालिमको व्यवस्था गर्न होटल व्यवसायी महासंघ नेपाल ले जोडदार माग रहेको छ। साथै, होटल स्थापना तथा संचालन गर्दा दर्ता गर्ने झन्दटिलो अवस्थाः वातावरणिय प्रभाव मूल्याङ्कन, अन्य उद्योग सरह मान्यता नदिइएको, भाडामा रहेका अधिकांश होटल, रेष्टुरेण्टहरुलाई अवैज्ञानिक माड़ा तथा घरधनीको ज्यादतीले होटल व्यवसायीहरु विस्थापित हुन परेका छन्। यस तर्फ महासंघ नेपालले तीनै तहका सरकारसंग बसेर समस्याको समाधान गरी सम्बोधन गर्न अनुरोध गरेको छ।
भारतिय तथा चीनिया नागरिकहरु करोडौंको संख्यामा विदेश बमण गर्ने गरेको सन्दर्भमा नेपाल सरकारने प्यापार प्रवर्द्धत त्या प्याकेज घोषणा गरेर भारतीय र चाइनिज पर्यटकहरुलाई नेपाल भित्र्याउन विशेष पहल गर्न पनि महासंध नेपालको जोडदार माग रहेको छ।
अतिधि देवः भवः को नारा लिएर राम्रो मातिथ्यता, मिठो तथा शुद्ध खाना उपलब्ध गराउन हाम्री होटल तथा रेष्टुरेण्ट व्यवसायीहरु लागि परेका छन् र स्वच्छता तथा गुणस्तरियताको लागि पनि हामीले मातहतमा रहेका होटल व्यवसायीहरुलाई अनुरोध गर्दै आइरहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो ।
हाम्रो, यस १३ श्री चार्षिक साधारणसमा तथा ५ औं महाधिवेशनमा प्रमुख अतिथि, गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ज्यू, विशिष्ट अतिथि गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन माननीय मन्त्री मित्रलाल बस्याल ज्यू, पोखरा महानगरपालीकाका नगर प्रमुख श्री धनराज आचार्य ज्यू लगायत नेपाल सरकारका राष्ट्र सेवक व्यक्तित्व ज्यूहरु, होटल व्यवसायी महासंघ नेपालका संरक्षक अध्यक्ष ज्यू, निवर्तमान अध्यक्ष ज्यू, उद्योग बाणिज्य महासघका पदाधिकारी ज्यूहरुको सहभागिता रहनेछ।
गत भाद्र २३ र २४ गतेको जेन-जी आन्दोलन पश्चात देशले आमूल परिवर्तन चाहिरहेको अवस्थामा पर्यटन ऐन, नीतिको शंसोधन, होटल व्यवसायी आवद्ध संघहरुसंग सहकार्य गरी पर्यटन आबद्ध सरकारी निकायहरुले कार्यान्वयन तर्फ अगाडि बढाउनु पर्ने अवस्था आइपरेको छ भने अति दिती गरी चलिरहेको महासंघले पनि अव हुने अधिवेशनबाट गतिशिल युवा र शसक्त समूहको नेतृत्वबाट पर्यटन क्षेत्रमा इसात्र माई भन्ने विश्वास लिएको छु।
मिति २०८२ चैत्र २५ गते महासंघको सचिवालय बैठक र मिति २०८२ चैत्र २६ गते केन्द्रीय कार्यसमिति तथा सल्लाहकारको बैठक हुनेछ। देशैभरीका आवद्ध प्रदेश संघहरु ६० जिल्ला गरी जम्मा १०० संघहरुबाट करिब ५०० प्रतिनिधिहरु र करिब २०० जना पर्यवेक्षकहरु सहभागी रहनेछ र चैत्र २७ गते १३ औं बार्षिक साधारणसभा तया ५ औं राष्ट्रिय महाधिवेशन नेपालको पर्यटकिय नगरी पोखरा स्थित दिव्यश्री व्याइक्वेटमा हुने भएको छ।
आगामी दिनहरूमा महासंघले संगठन सुद्द्धीकरण, सदस्यता विस्तार, युवा तथा महिला उद्यमशीलताको प्रबर्द्धन् डिजिटल प्रविधिको प्रयोग, पर्यटन ब्रान्डिङ तथा नयाँ पर्यटकीय गन्तव्यहरूको विकासमा केन्द्रित कार्यक्रमहरू संचालन गर्ने योजना सार्वजनिक गरेको छ। महासंघले सम्पूर्ण माध्यम सरोकारवाला निकाय तथा व्यवसायीहरूलाई महाधिवेशन सफल पार्न सहयोग तथा सहकार्यका लागि अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1
