पोखरा ,चैत्र २५ गते

पहिलो मुस्लिम महिला ASI: सलामुन नेशाको प्रेरणादायी यात्रा
नेपाल प्रहरीको इतिहासमा पहिलो पटक मुस्लिम समुदायबाट महिला प्रहरी सहायक निरीक्षक (ASI) बन्ने सौभाग्य प्राप्त गर्नु भएकी हुनुहुन्छ सलामुन नेशा।
२० वर्षको उमेरमै नेपालको पर्सा जिल्लाको गढी न.पा.–४ निवासी नेशा ज्यु प्रहरी सेवामा भर्ती हुन सफल हुनु भयो। बाल्यकालमै विवाह बन्धनमा बाँधिनु भएको सलामुन नेशा विवाह भएको ३ वर्ष भित्र नै आफ्नो मेहनत, आत्मबल र लगनशीलता मार्फत नेपाल प्रहरीको अफिसर स्तरको (ASI) पदमा नाम निकाल्न सफल हुनु भयो।
उहाँ हालसम्म ६ वर्षदेखि प्रहरी सेवामा कार्यरत हुनुहुन्छ र अहिले पनि सक्रिय रूपले राष्ट्रसेवामा समर्पित हुनुहुन्छ। उहाँकी दुई सन्तान छन्
अझ प्रेरणादायी कुरा त के छ भने, सलामुन नेशाको अर्को सपना भनेको प्रहरी निरीक्षक (Inspector) बन्ने हो, जसका लागि उहाँले तयारी पनि सुरु गर्नुभएको छ।
उहाँको यो संघर्ष, समर्पण र सफलताले सम्पूर्ण नेपाली मुस्लिम समुदायलाई मात्र होइन, सम्पूर्ण राष्ट्रलाई प्रेरणा दिएको छ।
सलामुन नेशा ज्युलाई हार्दिक बधाई, सलाम र उज्ज्वल भविष्यको शुभकामना!स्रोत :JhapaMuslim
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0