Home Top-Headline १,५६० एम्पुल प्रतिबन्धित लागु औषध सहित १ जना नियन्त्रणमा

१,५६० एम्पुल प्रतिबन्धित लागु औषध सहित १ जना नियन्त्रणमा

0

मिति २०८१/११/२० गते अ. १७:३० बजे जिल्ला काठमाडौं नागार्जुन
नगरपालिका वडा नं. ३ सिंगल ट्री स्थित डेरा गरी बस्ने मानिसले अबैध लागु
औषध कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट
खटिएको प्रहरी टोलीले जिल्ला सिन्धुली गोलञ्जोर गा.पा वडा नं. ५ घर भई
हाल ऐ. सिंगल ट्री स्थित बस्ने वर्ष २६ को अर्जुन श्रेष्ठको कोठा रितपूर्वक
खानतलासी गर्दा निजले लुकाईछिपाई राखेको अवस्थामा तपसिल बमोजिमका
प्रतिबन्धित लागुऔषध फेला पारी उक्त लागु औषध सहित निजलाई नियन्त्रणमा
लिई सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थप
अनुमति प्राप्त भई सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।
पक्राउ परेका प्रतिवादीः
१. जिल्ला सिन्धुली गोलञ्जोर गा.पा वडा नं. ५ घर भई हाल जिल्ला काठमाडौं
नागार्जुन न.पा वडा नं. ३ सिंगल ट्री स्थित डेरा गरी बस्ने वर्ष २६ को अर्जुन श्रेष्ठ

बरामद दसीहरुः
1. Diazepam – ५४० एम्पुल
2. PHENERGANE – ५२० एम्पुल
3. TALGESIC BUPRENORPHINE – ५०० एम्पुल
4. Oppo कम्पनिको मोबाईल थान – १

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here