Home Top-Headline आधारभूत परिक्षा ( कक्षा आठ ) मा कुल दश हजार पाँच सय बाह्र (१०,५१२ ) जना विधार्थीहरु सहभागी हुने भएका छन

आधारभूत परिक्षा ( कक्षा आठ ) मा कुल दश हजार पाँच सय बाह्र (१०,५१२ ) जना विधार्थीहरु सहभागी हुने भएका छन

0

 


पोखरा ,फागुन २२ गते
महानगर स्तरिय आधारभूत परिक्षा ( कक्षा आठ ) मा कुल दश हजार पाँच सय बाह्र (१०,५१२ ) जना विधार्थीहरु सहभागी हुने भएका छन। पठन ,लेखन शिपको विकास गर्ने ,परिक्षा केन्द्रहरुको साक्षत्कार  अभ्यास लाइ जोड दिन , परिक्षा को नतिजा सुधार गर्न ,उत्कृष्ट विधार्थी तथा विधालयाहरुलाई सम्मान गर्ने उद्देश्यले पोखरामहानगर स्तरिय आधारभूत परिक्षा संचालन गर्न लागिएको शिक्षा माहाशाखा का शिक्षा अधिकृत सोमनाथ भण्डारीले बताउनु भएको छ। ३७ वटा परिक्षा केन्द्रहरु बाट कुल दश हजार पाँच सय बाह्र विधार्थीहरुले परिक्षा दिने भएका छन्। ति मध्य सामुदायिक विधालय बाट छात्रहरु संख्या एकहजार नौ सय नौ ( १,९०९ ) जना ,छात्राहरु को संख्या एक हजार नौ सय उनानब्बे (१,९८९ ) गरि तिन हजार आठ सय अन्ठानब्बे (३,८९८ ) विधार्थीहरु सहभागी हुने छन्, भने निजि विधालय बाट छात्रहरु को संख्या तिन हजार सात सय उन्नाइस (३,७१९ ) जना, र छात्राहरुको संख्या दुइ हजार आठ सय पन्चानब्बे (२,८९५ ) गरि छ हजार छ सय चौध (६,६१४ ) बिधार्थिहरु सहभागी भई दश हजार पाँच सय बाह्र जना विधार्थीहरुले आधारभूत परिक्षा दिने भएका छन्। दश हजार पाँच सय बाह्र जना विधार्थीहरु भित्र गुरुकुल तथा संस्कृत धार तर्फ बाट एकानब्बे (९१) जना र गोन्पा तथा विहार विधालय धार तर्फ छ (६ ) जना विधार्थीहरु सहभागीहुने भएका छन्। परिक्षा २०८१ फागुन २५ गते देखि २०८१ चैत्र ४ गते सम्म , विहान १० :३० बजेदिखी शुरु भई १२: ३० बजे सम्म संचालन हुने भएको छ। प्रत्येक परिक्षा केन्द्रहरुमा पाँच जना सुरक्षाकर्मीहरु राखिने भएको छ। प्रतिदिन दुइ हजार सात सय उनन्तिस जना निरीक्षक को व्यबस्था गरिएको छ र ३७ जना परिक्षा संयोजकहरुको पनि व्यबस्था गरिएको छ भने ३७ जना नै परिक्षा अनुगमन कर्ताहरु रहनुहुने भएको छ। अशक्त विधार्थीहरुका लागि परिक्षामा लेखन सहयोगी को व्यबस्था गर्नुको साथै खानेपानी र सेनेटेरि प्याड को पनि व्यबस्था गरिएको शिक्षा अधिकृत सोमनाथ भण्डारीले बताउनु भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here