पोखरा , फागुन २४ गते

वर्कसप तथा रिकण्डिसन व्यवसाय संचालक र कर्मचारीहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

मिति २०८१।११।२४ गते वडा प्रहरी कार्यालय बैदाम कास्कीको आयोजना तथा कास्की मोटरसाईकल वर्कसप एसोसिएसन पोखराको सहकार्यमा “वर्कसप तथा रिकण्डिसन व्यवसाय संचालक तथा कर्मचारीहरुसंग छलफल, अन्तरक्रिया एवम् सचेतनामुलक स्टिकर टाँस कार्यक्रम” सम्पन्न गरिएको ।
जिल्ला प्रहरी कार्यालय कास्कीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलियाज्युको प्रमुख आतिथ्यता तथा पोखरा महानगरपालिका वडा नं.८ का वडा अध्यक्ष रुद्रनाथ बरालज्युको अध्यक्षतामा वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौला, कास्की मोटरसाइकल वर्कसप एसोसिएसन पोखराका अध्यक्ष अर्जुन सुबेदी तथा विभिन्न वर्कसप संचालक र कर्मचारीहरुको उपस्थितिमा विना ईजाजत मोटरसाइकलहरु मोडिफाइड गरी चर्को आवाजमा ध्वनी प्रदुषण गर्ने कार्य नगर्ने, रिकण्डिसन मोटरसाईकलहरु किनबेच गर्दा यातायात कार्यालयबाट नामसरी गरेर मात्र किनबेच गर्ने र कास्की जिल्लालाई ध्वनी प्रदुषण रहित बनाउन सबैको सहयोग हुर्नुपर्ने लगायतको बिषयमा छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम गरिएको साथै सो संग सम्बन्धित सचेतनामूलक स्टिकर समेत वर्कसप तथा रिकन्डिसन हाउसमा टाँस गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0