
काठमाण्डौं, फागुन २७ गते
नेपाल उद्योग परिसंघ (सीएनआई) ले निजी क्षेत्रको उत्पादनमुलक एवं सेवामुलक प्रतिनिधिमूलक संस्थाको रूपमा नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवर्द्धन, रोजगारी सिर्जना एवं समग्र आर्थिक विकासका लागि नेपाल सरकारसँगको सहकार्यमा आफ्ना गतिविधि अघि बढाउँदै आएको छ । परिसंघले उद्योग, राजश्व, पूर्वाधार, पर्यटन, महिला नेतृत्व फोरमलगायत समिति/परिषद् फोरम गठन गरी तत्तत् क्षेत्रका लागि विभिन्न गतिविधि एवं नीतिगत सुझाव दिदै आउनुका साथै सरोकारवाला अन्य संघ संस्थासँग सहकार्य, समन्वय गर्दै अर्थतन्त्रसँग सम्वन्धित विभिन्न क्षेत्रमा काम गर्दै आएको छ ।
यसै सन्दर्भमा नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय स्तरको दोस्रो वमन लिडर्रासप समिट २०२५, (Women Leadership Summit 2025) यही चैत्र ३ गते काठमान्डौंमा आयोजना गर्न गईरहेको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयसंगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलन आयोजनाको लागि सीएनआई वमन लिडरसिप फोरमले संयोजन गरेको छ ।
सम्मेलनको समुदघाटन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूबाट हुनेछ । सम्मेलनमा प्रविधि र इनोभेसन (Technology and Innovation), बनन इन सप्टेनेबल एग्रीकल्चर | Women in Sustainable Agriculture), इन्भेष्टिङ इन वमन Investing in Women वीवेण्ड ब्राउन्ड्रिन (Beyond Boundaries विषयमा सत्रगत रुपमा छलफल हुनेछ ।
मगलवार परिसघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला नेतृत्य, राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरूलाई एउटै बनीमा ल्याउने र नीतिगत नहमा नपान सरकार, सरोकारवाला निकायहरुले निमने विषयमा गहन रुपमा छलफल हुने बताउनुभयो । यो शिखर सम्मेलन वर्तमान एवं सफल उदाहरणहरूमा केन्द्रित हुनेछ जसले महिलाहरुलाई प्रेरित गर्नेछ ।

