Home Top-Headline नेपाल प्रहरीको डि.एस.पी. हुँ भन्दै ठगी गर्ने १ जना पक्राउ

नेपाल प्रहरीको डि.एस.पी. हुँ भन्दै ठगी गर्ने १ जना पक्राउ

0

काठमाडौँ, फागुन २८ गते

जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. १८ घर भई हाल का.जि.
का.म.न.पा. वडा नं. ३ बस्ने केदार प्रसाद पौडेल, सम्भु प्रसाद पौडेल, का.जि.
बु.न.पा. वडा नं. ३ घर भई बस्ने सुजन थापा, जिल्ला काठमाडौं मुलपानी घर
भई बस्ने नारायण बहादुर राउतलाई विभिन्न बाहानामा सम्पर्क नम्बर
९७०९२७८९०७, राजु श्रेष्ठ नाम बताउने व्यक्तिले आफु नेपाल प्रहरीको
डि.एस.पी. रहेको भनि ठगी गरेको भन्ने व्यहोराको प्रहरी वृत्त महाराजगञ्जमा
निवेदन प्राप्त भएको, साथै निज व्यक्तिले फुलमाया कामीलाई आफु नेपाल
प्रहरीको रिटायर्ड डि.एस.पी. भएको, ईन्टरपोल सम्बन्धी काम गर्दै आएको,
विभिन्न देशका उच्चपदस्थ मानिसहरुसंग निकट सम्बन्ध समेत रहेकोले भनेजस्तो
देशमा पठाईदिने लगायतका विभिन्न बाहाना तथा आश्वासन दिई ७ लाख ८७
हजार रुपैया ठगी गरेको भनी जाहेरी दरखास्त प्राप्त हुन आएकोमा प्रहरी वृत्त
महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा उक्त ठगीमा
जिल्ला भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं. ४ स्थायी वतन भई हाल
का.जि. का.म.न.पा. वडा नं. ३ बस्ने वर्ष ४७ को राजु कर्मी श्रेष्ठको संलग्नता खुल्न
आएकोले निजलाई पक्राउ गरी सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ७
(सात) को म्याद थप अनुमति प्राप्त भई सो सम्बन्धमा थप अनुसन्धान भईरहेको

पक्राउ परेका प्रतिवादीः
१. जिल्ला भक्तपुर, सुर्यविनायक नगरपालिका वडा नं. ४ घर भई हाल का.जि.
का.म.न.पा. ३ बस्ने वर्ष
४७ को राजु कर्मी श्रेष्ठ ।

मिति:- २०८१।११।२८ गते।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here