
काठमाडौँ , चैत्र ६ गते
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख ई. दिनेशप्रसाद भट्टले पदभार ग्रहण गर्नुभएको छ। कार्यकारी प्रमुख भट्टलाई निवर्तमान कार्यकारी प्रमुख डा. भीष्मकुमार भूसालले प्राधिकरणमा स्वागत गर्नु भएको थियो ।
प्राधिकरणमा आयोजित स्वागत कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै कार्यकारी प्रमुख भट्टले विपद् पूर्वतयारी र जोखिम न्यूनीकरणका प्रयासहरुमार्फत् जनधनको क्षति कम गर्न आफ्नो जोड रहने बताउनुभयो । त्यसका लागि प्राधिकरणमा पर्याप्त जनशक्ति व्यवस्थापन गर्नेतर्फ आफ्नो ध्यान रहने उल्लेख गर्नुभयो।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भट्टलाई प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

