पोखरा ,चैत्र ६ गते
पोखरा मा चार दिन सम्म ” प्रथम नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२५ ” शुरू हुने भएको छ। सवारी साधन खरिद विक्री एवं यस क्षेत्रमा भइरहेका आधुनिक प्रविधि विकासतर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको संघ बढिरहेको अवस्थामा पोखरामा पर्यटनको राजधानी शहर पोखरामा पहिलो पटक नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रस्तुतीमा पश्चिमाञ्चल अटोमोबाइल्स डिलम एशेोनिरसनद्वारा चैत्र १४ गतेदेखि १७ गतेसम्म पोखरा-१२ स्थित अमरसिंह खेल्कुद मैदानमा प्रथम नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२५’ को आयोजना गरिने भएको छ।

बृहत अटो प्रदर्शनीमा गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिका प्रबद्दक रहेका छन् भने पोखरा उद्योग बाणिज्य संघ, युनाइटेड क्लब पोखरा तथा प्रदर्शनीस्थल उपलब्ध गराई दिएर अमरसिंह मा.वि. सहयोगी संस्था रहने भएको विज्ञप्ति मार्फत आजको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो। ।

प्रदर्शनीको टिकटिङ्ग पार्टनरमा खल्ती एप, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट फायर सेफ्टी सपोर्टमा हिटको प्रा.लि, अफिसियत इन्सुरेन्समा सगरमाथा तुम्बिनी इन्सुरेन्स (सालीको ),। ट्राभल पार्टनरमा स्वीफ्ट हॉलिडेज, हस्पिटालिटी पार्टनरमा होटल शारा, हस्पिटल पार्टनरमा नेपाल मनिपाल कलेज अफ मेडिकल साइनस मनिपाल हस्पिटल। जस्ता प्रतिष्ठित संस्थाहरु रहने भयका छन् भने प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स ले गरिरहने विज्ञाप्ति मा उल्लेख गराइएको थियो।

नविनतम् सवारी साधनका मोडलहरू, आधुनिक प्रविधिहरू तथा यस क्षेत्रका अन्य सेवा प्रदायकहरूको एकै थलोमा प्रदर्शन हुनुका साथै नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२५ मा स्थानीय एवं देशभरबाट डिलर, उत्पादक, विक्रेता एवं ग्राहकहरूको भेलाले गण्डकी प्रदेशमा सवारी साधन र सम्बन्धित सम्पूर्ण क्षेत्रको विकास, बजारीकरण र विस्तारका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने वाडा उपाध्यक्ष एवं वाडा अटो शो २०२५ का संयोजक निरन के सी ले पत्रकार सम्मेलनमा मा जानकारी गराउनु भएको थियो। साथै यस प्रदर्शनीले स्थानीय रुपमा देखिने वा महसुस गरिने विभिन्न व्यावसायिक समस्याहरूको चिनारी गर्ने तथा त्यसका सामाधानका विकल्पहरु खोज्ने साझा थलो बन्न सक्ने आयोजकहरूको विश्वास लिएको छ। शो को अनुमानित खर्च रु साठी लाख लाग्ने भनिएको छ।

राष्ट्रिय महत्वका आयोजनाहरू तथा स्थानीय विकासका कार्यक्रमहरू सवारी साधन बिना कल्पना मात्र पनि गर्न नसकिने अवस्था भैसकेकोले गर्दा यस प्रदर्शनीले बजारको मागलाई चित्रण गर्दै सवारी साधनको अपरिहार्यता बारे समस्टिगत धारणा बनाउन तथा त्यस अनुरूप निति गतका लागि पनि सहयोग गर्ने विश्वास निरन के सी ले पत्रकार सम्मेलन मा जानकारी गराउनु भएको थियो।

प्रदर्शनीमा १९ वटा ब्राण्डका ४-पाङ्ग्रे ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा बाण्डका २-पा‌ङ्ग्रे लगाएत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एसोसेरिजहरू तथा वित्तीय संस्थाहरुका २० वटा स्टला रहने छन् भने प्रदर्शनीमा जिल्ला ट्राफिक प्रहरी कार्यलयको सहभागितामा सवारी साधन सुरक्षा सम्बन्धी जानकारी, सडक सुरक्षा तया ट्राफिक नियम पालना सम्बन्धी विषिध जानकारी मुलक कार्यक्रमहरू गर्नु का साथै सञ्चालन गरिने छन् भने पोखरा लायन्स क्लवको सहयोगमा चैत्र १५ प्रदर्शनी परिसर भित्र रक्तदान कार्यक्रम समेत सन्चालन गरिने आयोजक ले पत्रकार सम्मेलन मा जानकारी गरिएको थियो।

गण्डकी प्रदेशमा पहिली पटक हुन गइरहेको यस प्रदर्शनीमा TOYOTA, AMODA, ATHER, BAJAJ, BYD, CITROEN, DEEPAL, DONG FENG, HIGER, HYUNDAI, ISUZU, JAECOO, KAIYI, KAMA, KIA, LEAP MOTORS, LEV. MAHINDRA, MG, NAAMI, NEW GONOW, NISSAN, RIDDARA, ZEEKR, XPENG, ROYALENFIELD. SKYWELL, SKYWORTH, SUZUKI, TATA, TRIUMPH, TVS, YAMAHA, जस्ता प्रख्यात ब्राण्डहरूका सवारी साधनहर को सहभागिता रहने आयोजक ले जनाएको छ।

प्रदर्शनीको व्यापक प्रबार-प्रसारकालागि नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल, पश्चिमाञ्चल अटोमोवाइल्स डिलर्स एशोशिएनन, गण्डकी प्रदेश अटोमोबाइल संघ , NYEF Pokhara Zonta Club of Pokhara को संयुक्त आयोजनामा चैत्र ९ गते शशनिवार विहान ८ बजे पोखरा रंग शालाबाट शुरु भई अमरसिंह मैदानमा सम्पन्न हुने गरी मोटर रयाली पनि आयोजना गर्न लागिएको आयोजक ले जनाएको छ।

बन्दिपुर केबुलकार एण्ड टुरिजम नि ले डोर प्राइज स्पन्सर अन्तर्गत ३०० बटा केबुलकार टिकट उपलब्ध गराउने भएको छ र प्रदर्शनी अवलोकन गर्न आउने महानुभावहरूले टिकटमा गोला प्रथाद्वारा केबुलकारको टिकट प्राप्त गर्न सक्नेछन्। PUIRO WATER DRINKING PARTNER को रुपमा रहेको छ। चार दिनसम्म चल्ने अटो शोलाई ३५००० आगन्तुकहरूले अवलोकन गर्ने विश्वास आयोजक ले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0