पोखरा ,चैत्र ७ गते

छैटौं सिर्जनाकप कास्की जिल्ला सामुदायिक विधालय स्तरिय छात्र/छात्रा भलिबल प्रतियोगिता २०८१ को पत्रकार सम्मेलन आज साइमन पार्टी प्यालेस पोखरा मा सम्पन्न भएको छ।

प्राकृतिक सम्पदाले भरीपूर्ण सून्दर नगरी माछापुच्छ्रेको काँधमा अवस्थित पोखराको दूई संस्था सृजना विकास केन्द्र र कास्की जिल्ला भलिवल संघ समग्र कास्केली भलिवल प्रेमीहरुको साझा संस्था हो। भलिवल खेलको विकास, विस्तार र भलिवल खेलाडी उत्पादनमा सघाउने उ‌द्देश्यले स्थापित संस्थाले बेला बेलामा भलिवलका विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको छ । त्यस्तै सृजना विकास केन्द्र पोखरा महानगरपालिका वडा नम्बर ८ सिमलचौरमा रहेको सामाजिक संस्था हो। यसले स्थापना काल देखी महिला बाल बालिका, शिक्षा, स्वास्थय, खेलकुद लगायत क्षेत्रमा कार्यगर्दै आएको छ। महिलाहरुको लागी महिला अधिकार, क्षमता अभिवृदि एंव रोजगार उत्प्रेरण तालिम, लगाएत कार्य गरि रहेको छ भनि बालबालिकाको लागी बालगृह सञ्चालन, कठिन परिस्थितीका बालबालिकाको लागी वि‌द्यालय भर्ना सहयोग, शिक्षामा जनप्रिय बहुमुखी क्यामपस जनप्रिय मा.वि. सृजना बहिरा वि‌द्यालय, श्री राम आधारभुत विद्यालय लगायतलाई सहयोग पुराउदै आएको विज्ञप्ति मा उल्ल्लेख गराइएको थियो। स्वास्थ्य तर्फ स्वास्थ्य सिविर, दिर्घ रोगी, अपा‌ङ्गहरुलाई सहयोग गर्दै आएको पत्रकार सम्मेलन मा जानकारी गराइएको थियो । । खेलकुद अन्तर्गत भलिवल, खुल्ला सडक दौड, लगाएत विभिन्न क्षेत्रमा सृजना विकास केन्द्र ले कार्य गर्दै आएको पत्रकार सम्मेलन मा जानकारी गराइएको थियो। यसै सन्दर्भमा २ संस्था कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र, सिमलचौरले संयुक्त रुपमा छैटाँ सिर्जना कप कास्की जिल्ला सामुदायिक वि‌द्यालय स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको सगर्व जानकारी पनि सम्मेलन मा गराइएको थियो। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारा र स्कुल स्कुलमा भलिवल खेल पुन्याउने लक्ष्य सहित हुने प्रतियोगिता चैत्र २६ गते देखी २८ गतेसम्म पोखरा रंगशाला स्थित भलिबल ट्रेनिङ सेन्टरमा आयोजना हुने भएको छ । यस प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) वि‌द्यालयहरुको सहभागिता जनाउने भएका छन् । कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागि हुन पाउने यस प्रतियोगितामा ५० टिमले सहभागिता जनाउने अनुमान राखेको आयोजको भनाइ रहेको थियो । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्‌द्देश्यले प्रतियोगिता आयोजना गरिएको पत्रकार सम्मेलन मा जानकारी गराइएको थियो। यस प्रतियोगितामा लुकेर रहेका प्रतिभाले आफ्‌नो प्रतिभा उजागर गर्न पाउने र यसबाट राम्रा खेलाडी उत्पादन हुने विश्वास आयोजक को ठहर छ। प्रतियोगिताको उपाधि बिजेता छात्र तथा छात्रा दुबै तर्फकालाई एक लाख ७५ हजार, उपविजेतालाई ६०/५० हजार र तृतीय हुने वि‌द्यालयलाई ३५/२५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ। त्यस्तै, प्रतियोगितामा सर्वोत्कृष्ट छात्र तथा छात्रालाई खेलाडीहरुलाई ५ /५ हजार र ट्रफी तथा अन्य ५ विधाका उत्कृष्ट खेलाडीलाई १/१ थान भलिवल प्रदान गरिने भएको छ। प्रतियोगिता संचालन गर्न अनुमानित् खर्च रु ११,४९,०००/ हुने र प्रतियोगिताबाट १२,५०,०००/ आम्दानी गरी १,०१,०००/ रुपैयाँ बचत गर्ने लक्ष्य राखेको आयोजक ले पत्रकार सम्मेलन मा जानकारी गराइएको थियो। बचत रकम भलिवल खेलकै विकास र बिस्तारका लागि खर्च गरिने विज्ञप्ति मार्फत जानकारी गराइएको थियो। अन्त्यमा सृजना विकास केन्द्र का अध्यक्ष श्री विष्णु प्रसाद बराल ले यस्ता सहयोगी संस्थाहरुलाई राज्य को तर्फ बाट केहि सुविधा /छुट नगरेको ले राज्य जिम्वेवार हिन बनेको र यसमा पत्रकार जगत ले आ आफ्नो तर्फ बाट राज्यलाइ जिम्वेवार बनाउन तर्फ कलम चलाउनु पर्ने बताउनु भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0