काठमाडौँ,चैत्र ९ गते

सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (पब्लिक एसेस्ट म्यानेजमेन्ट सिस्टम – पाम्स) सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाको वडा नम्बर १५ ले जनप्रतिनिधि र कर्मचारीहरुका लागि २ दिने तालिम सम्पन्न गरेको छ । महालेखा नियन्त्रकको कार्यालयले सञ्चालनमा ल्याएको यो प्रणालीमा माग फाराम भर्ने, शिफारिस गर्ने, स्वीकृत गर्ने, खरिद आदेश दिने, दाखिला गर्ने, भुक्तानी गर्ने, स्थिर सम्पत्ति (खप्ने सामान), नखप्ने (कापी, कलम, जस्ता नखप्ने दैनिक प्रयोगका सामान), कार्यालयसँग सम्बन्धित जमिन, भवन, सरसामानलगायतको अभिलेख र व्यवस्थापनको काम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0