पोखरा, चैत्र १० गते

पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०८१ को पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको छ । उहाँले पोखराको समग्र नाट्य क्षेत्रको उन्नयन, विकास, प्रवर्द्धन र संरक्षणमा नगर प्रमुखका हैसियतले अभिभावकत्व प्रदान गर्ने विश्वास पनि दिलाउनुभयो ।
पाँच दिनसम्म चल्ने नाटक महोत्सवमा नेपाल सहित चिन, ट्युनिसिया, नर्वे र जापानका ६ वटा नाटक मञ्चन हुनेछन् । पोखरालाई अन्तर्राष्ट्रिय सांस्कृतिक तथा नाट्य पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले पोखरा थिएटरले महोत्सवको आयोजना गरेको सञ्चालक परिवर्तनले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0