काठमाडौँ, चैत्र १९ गते

हाडनाता करणीबाट जन्मिएका बालबालिका संरक्षणको निर्णय गर्न आमाहरुसँग भेटघाट गर्ने भएको छ।
हाडनाता करणीबाट जन्मिएका एक जना बालक र एक जना बालिकाको दीर्घकालीन व्यवस्थापनका लागि जैविक आमालाई भेटेर निर्णय गर्ने महानगर बाल अधिकार समितिले निर्णय गरेको छ । सोमबार समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले, अहिले अस्थायी संरक्षण गृहमा रहेका बालक र बालिकाको दीर्घकालीन व्यवस्थापनका विषयमा छलफल गर्दै यस्तो निर्णय गरेको हो । गोपनीयताको पूर्ण प्रत्याभूत गरेर महानगरपालिकाले आमाहरुलाई भेटेर आफैँका लागि र शिशुको संरक्षणका लागि के चाहन्छन्? जानकारी लिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0