
काठमाडौँ, चैत्र २२ गते
कमलपोखरी पोखरी करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको छ । परम्परागत, सांस्कृतिक र पर्यटकीय पोखरीका रुपमा विकास गर्ने गुरुयोजना अनुरुप कमलपोखरी पुनःनिर्माण भइरहेको हो । गुरुयोजनाको पहिलो चरणमा करिब ६ करोड ३६ लाख रुपैयाँ लागतमा पोखरी र यससँग सम्बन्धित संरचना निर्माण गरिएको हो । दोस्रो चरणमा पोखरीको सौन्दर्यीकरण र मर्मतको काम भइरहेको छ । यो कामको ठेक्का सम्झौता रकम ३ करोड ६ लाख ८ हजार ११ रुपैयाँ हो । गएको भदौ (२०८१) १९ गते कार्यादेश दिइएको यो योजना आउँदो (२०८२) साउन १५ गतेभित्र सम्पन्न गर्नुपर्नेछ । यो योजना सार्वजनिक निर्माण विभागबाट कार्यान्वयनमा आएको हो । यस्तै टयाक्टिकल अर्वनिजम (सडक तथा फुटपाथ किनाराको सौन्दर्य) का लागि उद्यान तथा हरियाली आयोजनाले काम गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

