पोखरा ,बैशाख १ गते

नयाँ वर्ष २०८२ को अवसरमा महेन्द्रपुल स्थित अन्तर्राष्ट्रिय झण्डापार्कमा झन्डोत्तोलन गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपालको राष्ट्रिय झन्डा झन्डोत्तोलन गर्नुभएको हो ।
सो अवसरमा उहाँले सहकार्य, समझदारी र साझा सपना बोकेर अघि सँगै बढ्न आह्वान समेत गर्नुभएको छ । नगर प्रमुख आचार्यले वर्ष २०८२ मा सबै योजनाहरू समयमा नै सुरु हुने र तोकिएको समयमा नै सम्पन्न हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
समयको यथार्थ र संस्कृतिको सम्मान गर्दै तोकिएको घडीमै आरम्भ भएका कर्ममार्गले व्यक्तिलाई कर्तव्य, अनुशासन र आशाको सन्देश दिने उहाँले बताउनुभयो । साझा उद्देश्य प्राप्तिका लागि समृद्धिको शिखरसम्म सँगै यात्रा गर्न उहाँले आग्रह पनि गर्नुभएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी लगायत जनप्रतिनिधि र कर्मचारीहरूको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0