पोखरा ,बैसाख ६ गते

पोखरा १४ मा अवस्थित विश्वविद्यालय अनुदान आयोगको इतिहासमै सबैभन्दा छोटो समयमा शैक्षिक गुणस्तर चिन्ह प्रत्यायान गर्न सफल श्री कालिका बहुमुखी क्याम्पस शिक्षा विभागद्धारा शिक्षाशास्त्र संकायमा अध्ययनरत विद्यार्थीहरुको पेशागत दक्षता अभिवृद्धिको लागि आधारभूत मन्टेस्वरी तालिमको आज क्याम्पसको सभाहलमा शुभारम्भ गरियो । उक्त समुद्घाटन समारोहको शुभारम्भ यसै क्याम्पसका सहायक क्याम्पस प्रमुख एवं यस कार्यक्रमका प्रमुख अतिथि श्री शालिकराम तिमिल्सिनाद्धारा गरियो । प्रमुख अतिथि तिमिल्सिनाले शिक्षा विभागद्धारा कार्यक्रमको आयोजना गरेकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुमा आफ्नो सिकाई प्रति थप टेवा पुग्ने तथा सिकाई प्रति अझ जिम्वेवार बनाउने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी क्याम्पसका सहायक क्याम्पस प्रमुख श्री युवराज गुरुङले अहिलेको आधुनिक प्रविधिको समयमा यस किसिमको तालिम अत्यन्त आवश्यक भएकोले शिक्षा विभाग प्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रमको पूर्ण सफलताको लागि शुभकामना दिनुभयो ।
कार्यक्रमको सभापतित्व गर्नुभएका शिक्षा विभाग प्रमुख तथा उक्त कार्यक्रमका संयोजन श्री लोकनाथ सुबेदीले स्वागत व्यक्त गर्दै कार्यक्रमको महत्व, औचित्य तथा उद्देश्यको बारेमा बताउनुभयो । साथै यस प्रकारको तालिम सामुदायिक क्याम्पसमा नविन कार्य भएको र यस्ता कार्यक्रमहरु अत्यन्त फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख प्रशिक्षक तथा मेरील्याण्ड मन्टेस्वरीका संस्थापक श्री सिता सुबेदीले तीनहप्ता सम्म निरन्तर चलिरहने उक्त तालिमको बारेमा प्रकाश पार्नुभएको थियो । तालिममा शिक्षाशास्त्र संकायमा अध्ययनरत उनन्तीस जना प्रशिक्षार्थीहरु सहभागी रहनेछन् । शिक्षा बिभागका बरिष्ठ उप–प्रध्यापक श्री राजेश्वर शर्माद्धारा सञ्चालन गरिएको उक्त समुद्घाटन कार्यक्रमा क्याम्पसका प्रशासकीय प्रमुख श्री हुकुमराज थापा तथा शिक्षा बिभागका उप–प्रध्यापक श्री भावना तिवारीको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0