नेकपा (एमाले), कास्की को ११ औँ जिल्ला अधिवेशन,चैत्र १० र ११ नेकपा (एमाले) को बारेमा आवश्यक जानकारी का लागि cpnumlkaski.org अनलाइनको उद्घाटन समेत आज गरिएको थियो।
नेकपा (एमाले), कास्की को ११ औँ जिल्ला अधिवेशन को तयारि बारे जानकारी दिलाउन को लागि आज नेकपा (एमाले) को पार्टी कार्यालय कास्की , नयाँबजार मा पत्रकार भेटघाट कार्यक्रम भएको थियो। नेकपा (एमाले) कास्की का अध्यक्ष क. मनबहादुर गुरुङ ले विज्ञाप्ति मार्फत कास्की को ११ औँ जिल्ला अधिवेशन को उद्घाटन पार्टीका श्रदय अध्यक्ष यवं पुर्वाप्र्धानमन्त्रि क किपि शर्मा ओली ले चैत्र १० गते विहान ११ बजे पोखरा को प्रदशनी केन्द्र मा भव्य समारोहबीच उद्घाटन गर्नुहुने जानकारी गर्नुभएको थियो। अधिवेशन चैत्र १० र ११ गते हुनेभएको जानकारी गराउनु भएको थियो।
उद्घाटन समारोहलाई भव्य र सभ्य बनाउन जिल्ला कमिटि ,महानगर पालिका , इलाका ,वडा , जनवर्गीय संगठन लाइ परिचालन गरियको पनि जानकारी गर्नु भएको थियो। यो अधिवेशन को खर्च हाम्रो आन्तरिक स्रोत बाट नै गर्ने छौ , र सहकारी केसमा हाम्रा पार्टीका मानिसहरु अदालत ले दोषी ठहरायमा हामि कारवाही पनि गर्छौं भनि कार्यक्रम मा बताउनु भएको थियो। अधिवेशनको स्वास्थ्य व्यबस्थापन
संयोजक क. छममाया पुन ले यो अधिवेसन सिंगो प्रदेशको एतिहसिक हुन् सक्छ ,यो अधिवेशन सांगठानिक ,बैचारिक हिसाबले अत्यन्तै महत्वपूर्ण र राजनैतिक अस्थिरतालाई समाप्त पारेर समाजवाद उन्मुख अभियान को रुपमा लिएको कार्यक्रम मा जानकारी गराउनु भएको थियो। नेकपा (एमाले) को बारेमा आवश्यक जानकारी का लागि cpnumlkaski.org निर्माण गरिएको अनलाइनको उद्घाटन समेत आज गरिएको थियो।