गण्डकी कोटिहोम महायज्ञमा प्रकाश बरालको भनाइ : “धर्मले विवाद गराउँदैन, सबै दानीको सम्मान हुन्छ”

  • ख-
  • ख
  • ख+

पोखरा ,बैसाख १५ गते

गण्डकी कोटिहोममा जारी ४१ दिने महायज्ञको अवसरमा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले धर्मको सार र यसको सामाजिक महत्त्वबारे प्रकाश पारेका छन्। उनले भने, “धर्मले कसैलाई विवाद गराउँदैन, कसैलाई राम्रो वा नराम्रो भन्दैन। कोटिहोममा सहभागी हुने सबै दानी हुन् र उनीहरूको योगदानको उच्च सम्मान हुन्छ।”
बरालले गण्डकी कोटिहोमको धार्मिक र सामाजिक अभियानलाई गण्डकी प्रदेश सरकारले सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले यो महायज्ञले सामाजिक एकता, सांस्कृतिक संरक्षण र आध्यात्मिक जागरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।
वैशाख ३ गतेदेखि सुरु भएको यो महायज्ञमा देश–विदेशबाट लाखौं भक्तजनको सहभागिता अपेक्षित छ। कार्यक्रममा भजन, सत्सङ्ग, कथा प्रवचन, पूजापाठ र सांस्कृतिक प्रस्तुतिहरू आयोजना भइरहेका छन्। सुश्री अनुराधा पाण्डेय, देवी प्रतिभा, दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराजलगायतका धर्मगुरुहरूले कथावाचनमा सहभागिता जनाइरहेका छन्।
आयोजकले सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताको व्यवस्था गरेको छ, जसले युवा पुस्तालाई सांस्कृतिक र रचनात्मक गतिविधिमा सहभागी गराउने लक्ष्य राखेको छ। बरालको भनाइ र गण्डकी कोटिहोमको यो पहलले सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार