तनहुँ ,बैसाख १९ गते
तनहुँको शुक्लागण्डकी नगरपालिका बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रमा बिरामीलाई सेवा दिने उद्देश्यले स्थापित हेमोडाइलासिस् सेवाको माननीय मन्त्री Pradip Paudel ले उद्घाटन गर्नुभएको छ ।
सो अवसरमा उहाँले केन्द्रलाई श्वासप्रस्वाशसम्बन्धी देशकै एक मात्र विशिष्टकृत संघीय अस्पतालका रुपमा थप विकास तथा पूर्वाधार र सेवा विस्तारमा प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
साथै, अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसर पारी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सहकार्यमा सञ्चालित मुटु सम्बन्धी निःशुल्क स्क्रिनिङमा नौ सय जनालाई सेवा प्रदान गरिएको छ । यस प्रकारको परीक्षण क्रमैसँग देशका अन्य भागहरुमा विस्तार गर्ने मन्त्रालयको योजना छ ।स्रोत :Ministry of Health and Population-Nepal
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0