चोरी सम्बन्धी मुद्दामा २ जना मानिस पक्राउ

  • ख-
  • ख
  • ख+

पोखरा ,बैसाख २२ गते

मिति २०८२।०१।१६ गते रातीको समयमा जिल्ला कास्की पोखरा
महानगरपालिका वडा नं.३ मोहरिया टोल स्थितमा २ वटा घर/ कोठा फोरी सुनका
गरगहना तिलहरी -१ थान, सुनको औंठी –१ थान चन्द्रमा -१ थान र नगद रु.३,०००।-
समेत चोरी भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिई
गएको प्रहरी टोलिले अनुसन्धान गर्दै जाँदा जिल्ला म्याग्दी स्थायी घर भई हाल कास्की
पोखरा महानगरपालिका वडा नं. ३ बस्ने वर्ष २२ को अमृत नेपालीको घरकोठाबाट चोरी
भएको सुनको तिलहरी –१ थान, चन्द्रमा –१ थान, चाँदीको चेन –१ थान र नगद
रु.२,०००।– सहित पक्राउ परेको र सोही घटनामा संलग्न जिल्ला धादिङ स्थायी वतन भई
हाल जिल्ला कास्की पोखरा म.न.पा. ३ बस्ने वर्ष ३४ को बिनोद नेपालीलाई समेत पक्राउ
गरी सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा दिन सात
(७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।

पक्राउ व्यक्ति तथा बरामद सामानको फोटो :-

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार