पोखरा ,बैसाख ३० गते
मे १३ तारिख २०२५ मा ६५ औं धौलागिरि हिमाल आरोहण दिवस २०८२ को सन्दर्भमा आयोजना गरिएको धौलागिरी पदयात्रा तथा आरोहण समस्या, चुनौती र समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। टान गण्डकी, पोखरा को आयोजनामा भएको धौलागिरी पदयात्रा तथा आरोहण समस्या, चुनौती र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा धौलागिरि हिमाल चढ्न निकै कठिन र साहसिक रहेको बताईएको छ।  धौलागिरि हिमाल आँफै मा स्वर्ग छ। पर्यटक तथा आरोहीको रोजाईमा रहेको धौलागिरी हिमाल को उचाइ ८,१६७ मिटर अग्लो छ।यसको गुणगान गाएरै नसकिने अबस्था छ। तर अक्कर पहाड, जङ्गल, खोलानाला हुँदै पदयात्रा गर्नुपर्ने भएकाले धौलागिरि पदमार्गको यात्रा साहसिक भने छ। धौलागिरि हिमाल चढ्न स्वदेशी तथा विदेशी पर्यटकहरु को आगमन बढ्दो छ ।  यो हिमाल लाइ सेतो हिमाल भनेर पनि चिनिन्छ। तर जलवायु परिवर्तन को असर ले यो सेतो हिमाल पग्लिएर पहाड जस्तो पनि बन्ने गरेको छ। यसको महत्वलाई बुझेर पर्यटन संग जोडिएका सरकारी निकायहरु ले बिशेष पहल गर्नुपर्ने देखिन्छ। हाल पदमार्ग को विकास र विस्तार राम्रो हुन् नसकेकाले स्थानिय होटेल व्यबसायीहरू , होम स्टे व्यबसायीहरू लगाएत हिमाल आरोही र अन्य पर्यटकहरुको भारि बोक्ने घोडा खच्चर व्यबसायीहरू मर्का परेको पनि देखिन्छ। पदमार्ग आँफैमा जोखिम पनि छ , कहिलेकाँही पदमार्गमा पहिरो जाँदा बाटो अबरुद्द भै समयमै शिविर पुग्न नसकिने अबस्था पनि छ। त्येसका लागि टान गण्डकी पोखरा , स्थानिय पालिका , प्रदेश सरकार र संघिय सरकार अघि बढ्नु पर्ने देखिन्छ। हिमाल आरोही होस् या पर्यटक उनीहरुसंग जुन समय मा पनि सम्पर्क गर्न सकिने गरि संचार को सेवा राख्नु पर्ने देखिन्छ र ठाउँ- ठाउँ मा स्वास्थ्य सेवा सुविधा पनि हुनुपर्ने जरुरि छ। केहि पर्यटक ,आरोहिहरु पदमार्ग नभई गाढि र हेलिकप्टर को प्रयोग गर्न थालेपछि पदमार्ग को महत्व पनि खुम्चिएको आभास गर्न सकिन्छ। त्यहाँ कुन समय मा कस्तो मौसम रहन्छ , मौसमको अनुमान गर्न पनि नसक्नाले , मौसमको खराबी र प्रतिकूल भूगोलका कारण धौलागिरि हिमाल आरोहण गर्ने आरोहीहरु मृतावस्थामा भेटिने गर्दछ। पद मार्ग को विकास र विस्तार मा चुनौती हुनुको कारण पूर्वाधार अभाव ,प्रचार प्रसार को अभाव ,समुदायमा चेतनाको अभाव ,राज्यको उपस्थिति को अभाव डिजिटल मार्केटिङ्ग को अभाव ले हुने भएको कार्यक्रम मा बताइएको थियो।पद मार्ग को विकास र विस्तार गर्न का लागि त्यहाँ को प्रकृति र संस्कृति लाइ संग संगै जोडेर , गाउँ गाउँ मा भएको रैथाने उत्पादन लाइ जोड दिएर ,लोकल युवाहरुलाई ट्रेकिंङ्ग तालिम दिएर अघि बढ्ने हो भने पर्यटन को विकास गर्न सकिने कार्यक्रम मा बताइएको थियो। टान गण्डकी, पोखरा ले आगामी दिनमा पर्यटन मन्त्रालय संग सहकार्य गरेर पदमार्ग ,आरोहीको समस्या लाइ ध्यान मा राखेर समाधान गर्ने प्रयत्न पक्कै पनि गर्ने नै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0