पोखरामा तेश्रो गाउँ पर्यटन मेला २०८२ हुने भएको छ

  • ख-
  • ख
  • ख+

पोखरा ,जेठ ६ गते

पोखरामा तेश्रो गाउँ पर्यटन मेला २०८२ हुने भएको  पत्रकार सम्मेलन जानकारी गरिएको छ।

पर्यटनको राजधानी भनेर चिनिने गण्डकी क्षेत्र, प्राकृतिक सुन्दरतता र साँस्कृतिक विविधताले भरिपूर्ण यस प्रदेशको समृद्धिको प्रमुख आधार पर्यटन उद्योग नै भएको सर्व विदितै छ ।नेपालको चालू १६औं योजनाको लक्ष्य : वार्षिक २५ लाख पर्यटक, जीडीपीमा पर्यटन क्षेत्रको योगदान ७ प्रतिशत योगदान पुर्याउने लक्ष्य राखेको विज्ञप्ति उल्लेख गरिएको थियो। यस अवस्थामा पर्यटनबाट हुने आय तथा लाभहरुलाई गाउँहरु सम्म पुऱ्याउँदै वि.सं. २१०० सम्ममा “समृद्ध नेपाल, सुखी नेपाली नारालाई सार्थक बनाउन प्रयत्नशील रही समग्र गण्डकी प्रदेशको गाउँ पर्यटन प्रबर्द्धनार्थ नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको आ.व. ०८१।०८२ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको आयोजना तथा गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको सह आयोजनामा यही मिति २०८२ जेष्ठ ९ र १० गते पोखराको क्रिस्टल महल, अम्बोट, लेकसाइड स्ट्रीट नं ४ र ५ मा तेश्रो गाउँ पर्यटन मेला २०८२ आयोजना गरिने भएको छ । मार्टको आयोजक मा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय पोखरा र सह-आयोजक मा गाउँ पर्यटन प्रवर्द्धन मन नेपाल (VITOF) गण्डकी रहने भएको विज्ञप्ति मार्फत जानाइएको छ। म्याग्दी र गोरखा बाहेक मार्टमा २५ होमस्टेले सहभागी जनाउने भएको पत्रकार सम्मेलन मा जानकारी गरिएको थियो। मार्टको मुख्य उद्देश्य गाउँमा रहेका पर्यटन व्यवसायीलाई बजार सम्म जोड्ने प्रयत्न गर्दै गाउँ पर्यटन प्रवर्द्धन तथा वजारीकरणको लागि एक प्लेटफर्म सिर्जना गर्नु हो ।त्येस्तै  सामुदायिक होमस्टे र सेवाहरूको बारेमा जानकारी दिने ,सामुदायिक होमस्टे र सेवाहरूलाई बजारीकरण तथा बजारसँग जोड्ने,गाउँमा रहेका पर्यटन व्यवसायी र संभावित ग्राहक तथा पर्यटन व्यवसायी वीच सम्पर्क स्थापना गर्ने,गाउँ पर्यटनमा निजी तथा सरकारी लगानीलाई अभिवृद्धि गर्ने,गाउँ पर्यटन प्रवर्द्धन गरी प्रदेशको समृद्धिमा योगदान पुऱ्याउने हो ।मार्ट कार्यक्रम अन्तर्गत सामुदायिक घरवास (होमस्टे) तथा गाउँको पर्यटन व्यवसायीका स्टलहरू स्थापना ,टक शो कार्यक्रम क> गाउँ पर्यटनको सम्भावना, चुनौती र अवसर। ख>. गाउँ पर्यटन प्रवर्द्धनमा उद्योगी व्यवसायीको भूमिका। ग>. गाउँ पर्यटन प्रवर्द्धनमा संचार क्षेत्रको भूमिका ,साँस्कृतिक कार्यक्रम – विभिन्न जातजातिको सांस्कृतिक प्रस्तुतिहरू मार्फत सँस्कृति प्रवर्द्धन ,सूचना तथा प्रचार सामग्रीको वितरण गाउँ पर्यटन सम्बन्धी प्रचारप्रसारका सामाग्रीहरुको वितरण र सञ्चारमाध्यमसँग पर्यटन प्रवर्द्धनमा सहकार्य सम्बन्धी सत्र आयोजना गरी समन्वय र सहकार्य आदि क्रियाकलापहरु गरिने पत्रकार सम्मेलन मा जानकारी गरिएको छ।

 

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार