
काठमाडौँ, जेठ ८ गते
‘उद्यम र रोजगार क्षेत्रमा वृत्ति विकास परामर्श’ अभिमुखीकरणसँगै सिप मेलाको दोस्रो संस्करण सुरु
काठमाडौँ महानगरपालिकाले आजदेखि सिप मेला २०८२ का कार्यक्रम सुरु गरेको छ । टुँडिखेलमा सुरु भएको मेलाको प्रारम्भमा रोजगार र स्वरोजगार बन्ने अवसरसँग सम्बन्धित विषयमा अभिमुखीकरण आयोजना गरिएको थियो । अभिमुखीकरण कार्यक्रममा तालिमका लागि छनोट भएका १६ सय ४१ जना सहभागी उपस्थिति हुनुभएको थियो । अपरान्ह साढे ३ बजेदेखि थालिएको अनलाइन नाम दर्तामा १३ सय ७७ जना सोधपुछ र मेलाका विषयमा जानकारी लिन आउनुभएको थियो । उहाँहरु सबै अभिमुखीकरण कार्यक्रममा सहभागी हुनुभएको थियो ।स्रोत :काठमाडौँ महानगरपालिका








