काठमाडौँले २०८१ को जस्तो बाढीजन्य विपद व्यहोर्नु नपर्ने गरी पूर्व तयारी गरौँ – उपप्रमुख डंगोल

  • ख-
  • ख
  • ख+

काठमाडौँ,जेठ १० गते
काठमाडौँले २०८१ को जस्तो बाढीजन्य विपद व्यहोर्नु नपर्ने गरी पूर्व तयारी गरौँ – उपप्रमुख डंगोल
२०८१ साल असोज महिनाको वर्षाले सिर्जना गरेको बाढीजन्य विपद कहिल्यै सामना गर्नु नपर्ने गरी तयारी गर्नु पर्ने अवस्था आएको काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । आज विश्व वैङ्कका प्रतिनिधिहरुसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘पूर्व तयारीका काम तत्काल थाल्नुपर्छ । तथ्य संकलन र मूल कारण पत्ता लगाएर मध्यकालीन र दीर्घकालीन योजनाका तर्जुमा गर्नुपर्छ । यो सहरी विकासका लामो चरणले सिर्जना गरेको अवस्था हो । साझेदारहरुसँग समन्वय र सहकार्य गरेर विगतमा भएको त्रुटि सच्याउँदै जानुपर्छ ।’स्रोत : काठमाडौँमहानगरपालिका 

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार