सुन जस्तो देखिने पहेँलो धातु, चाँदी जस्तो देखिने सेतो धातु र नगद रकम सहित १ जना नियन्त्रणमा

  • ख-
  • ख
  • ख+

काठमाडौं,जेठ ११ गते

मिति २०८२।०२।०९ गते, अ. १७:३० बजेको समयमा जिल्ला काठमाडौं,
काठमाडौं महानगरपालिका ३२ कोटेश्वर सेती ओपी मार्ग स्थितबाट प्रहरी
प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा देश भारत,
महाराष्ट्र सोलापुर घर भइ काठमाडौं महानगरपालिका कोटेश्वर बस्ने श्रीराम
ज्वेलर्शका सञ्चालक वर्ष २७ को योगेश श्रीमंत मगरलाई निम्न दसीका
सामानहरू सहित नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको ।
बरामद दसीका सामानहरूः
१. सुन जस्तो देखिने पहेँलो धातु – ७३४.२९ ग्राम
२. चाँदी जस्तो देखिने सेतो धातु – ९ के.जी. ५०० ग्राम
३. नगद रु. २८,९३,०००।- (अक्षरेपि अट्ठाइस लाख त्रियानब्बे हजार)

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार