May be an image of 7 people, dais and text that says '"मेलमिलाप गरीं, सम्बन्ध बढाज" 国 मेलमिलाप सुम्बन्धी आधारभूत तालिम दिनाद २०ਟ३ जेठ 90 देखि १७ गतेसम्म स्थान साटसन् साईमन पार्टी प्यालेस, सृजनाचोक सामुदायिक मेलमिलापकतां समाज नेपाल सहजीकरण आयोजक ူဆန်းမေးအာ पोखरा महानगरपालिका न्यायिक समिति มอ Saiman'
पोखरा। जेठ ११ गते
पोखरामा मेलमिलापकर्ताहरूका लागि मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजना तथा सामुदायिक मेलमिलापकर्ता समाजको सहजिकरणमा सुरु तालिमको नगरप्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभएको हो ।
तालिमको शुभारम्भ गर्दै नगरप्रमुख आचार्यले सामाजिक अनुशासन र मर्यादा कायम राख्न मेलमिलाप नै महत्त्वपूर्ण हुने बताउनुभयो । वार्ता र शालीन संवादको माध्यमबाट सामाजिक एकता, शान्ति र अनुशासन कायम राख्दै भयमुक्त वातावरण तयार गर्न सकिने उहाँले बताउनुभयो । संसारमा भएका भयानक युद्धहरू समेत वार्ता र छलफलको माध्यमले मेलमिलाप र समझदारीमा गएर टुङ्गिएको दृष्टान्त उल्लेख गर्दै उहाँले सामाजिक रूपमा देखिने कुनै पनि प्रकारका विवादहरूको समाधानमा मेलमिलापकर्ताले खेल्ने भूमिका निष्पक्ष र न्यायोचित हुनुपर्ने बताउनुभयो ।
न्यायिक समिति संयोजक एवम् उपप्रमुख मन्जुदेवी गुरुङले अदालत, अख्तियार र अस्पताल सकेसम्म जान नपर्ने अवस्थाको सृजना गर्नुपर्नेमा जोड दिनुभयो । मानिसहरूले सास्ती खेप्नु पर्ने यस्ता झन्झटिला प्रक्रिया र अवस्थाहरूको सामना गर्न नपर्ने गरी सामाजिक मेलमिलाप र अनुशासन कायम गर्न इमानदार हुनुपर्ने बताउनुभयो । आफूहरू सहिष्णु महानगरपालिका निर्माणको अभियानमा रहेको बताउनुभयो । महानगरमा आउने विवादहरूलाई शान्तिपूर्ण र न्यायोचित ढङ्गले समाधान गर्ने प्रयत्न गर्ने गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना, वडा नम्बर १७ की वडाध्यक्ष राधिका कुमारी शाही योगी, न्यायिक समिति सदस्य रजनी परियार, कालिदास पोखरेल, कानुन अधिकृत नारायणप्रसाद शर्मा र मेलमिलापकर्ता संयोजक सोम लम्साल लगायतले विवादहरूको समाधानमा मेलमिलापकर्ताको भूमिकाका बारे बोलेका थिए ।
१७ ज्येष्ठसम्म सञ्चालन हुने तालिममा ३३ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0