पोखरा ,जेठ १३ गते
नेपाल पत्रकार महासङ्घ कास्की को आयोजनामा “डिजिटल साक्षरता” सम्बन्धी तालिम समापन भएको छ । समापन को अन्तिम दिन ,अनलाइन टिभि पत्रकार संघ का अध्यक्ष श्री जीवन भण्डारीले एआइ को प्रयोग प्रभाव र सम्भावना एआई अध्यता तथा अभ्यास कर्ता परिचय र पृष्ठभूमि को बारे मा बताउनु भएको थियो। “नेपालमा एआईको प्रयोग एवं अभ्यास सम्बन्धी अवधारणा पत्र” का अनुसार (AI) कृत्रिम बुद्धिमत्ता प्रणाली हो। जसले मानिसको जस्तो बौद्धिक कार्य गर्न सक्छ। AI प्रणालीले समस्याको समाधान, तथ्यांक विश्लेषण, निर्णय लिन, र स्वचालित कार्यहरू गर्न प्रयोग गरिन्छ।Generative AI, Open AI, र Personalized Services जस्ता प्रविधिहरूको उल्लेख गरिएको छ — विशेष गरी स्वास्थ्य, शिक्षा, प्रशासन, कृषि, र यातायात जस्ता क्षेत्रमा AI को उपयोग विश्वभरका देशहरूले गरिरहेको बताउनु भएको थियो। उहाँले एआईले . समाचार क्षेत्रमा,डिजाइनमा एआई: समाचार प्रस्तुतिलाई आकर्षक बनाउन, डिजाइन (इन्फोग्राफिक्स, चार्ट आदि) तयार पार्न,प्रस्तुतिमा एआई: मानवीय आवाज र हाउभाउ सहित समाचार वाचन गर्न,अनुवादमा एआई: विभिन्न भाषाको समाचारलाई अनुवाद गर्न,फेक समाचार पहिचानमा: गलत सूचना, फेक न्युज छुट्याउन मद्दत गर्न, दृष्टि र चित्रण:भिडियो/अडियो सम्पादन गर्न , आवाज सुधार, भिडियो कट, मिलाउने, सबटाइटल राख्ने, संगीत मिलाउन,तस्बिर बनाउन:, नयाँ तस्बिर सिर्जना गर्न,चित्र सुधार गर्न , पुराना तस्बिरहरू सुधार गर्न, संगीत र अडियो निर्माण:गर्न संगीत सिर्जना गरि नयाँ संगीत बनाउन ,स्वर संश्लेषण: टेक्स्टबाट मानवीय आवाज निकाल्न , सामाजिक सञ्जाल र मनोरञ्जन दिनको लागि कन्टेन्ट जेनरेशन: पोस्ट, ब्लग लेख, ट्रेन्डिङ विषय पहिचान गर्न, विज्ञापन निर्माण गर्न ,प्रयोगकर्ताको प्राथमिकताअनुसार विज्ञापन बनाउन,आवाज र अनुहारको नक्कल गर्न Voice/Face Cloning: समाचार पढ्न, अनुहार र आवाज मिलाएर AI Anchor तयार गर्न, न्युज र रिपोर्टिङ अटोमेसन मिलाउन ,स्वचालित रिपोर्टिङ: मौसम, शेयर बजार, स्कोर आदि रिपोर्ट तयार गर्न मा एआइ को सहायता बाट गर्न सकिने जानकारी अध्यक्ष जीवन भण्डारीले ले बताउनु भयको थियो।

उहाँले एआईको माध्यम बाट . गलत सूचना फैलाउन सक्ने (Disinformation),ChatGPT जस्ता उपकरण प्रयोग गरेर झूटा समाचार, अफवाह आदि सिर्जना गर्न सकिने , फेक मिडिया बनाउन सकिने (Deepfakes), अनुहार र आवाज नक्कल गरेर नक्कली भिडियो/अडियो बनाउन सकिने ,एआई प्रयोग गरेर ह्याकिङ, फिसिङ, स्प्याम इमेल लगाएत साइबर आक्रमण गर्न सकिने डेटा विश्लेषणबाट व्यक्तिगत गोप्य जानकारी पत्ता लगाउन सकिन्छ। व्यक्तिगत डेटा चोरी हुन सक्छ सामाजिक असमानता (Social Inequality): गरिब र धनी वर्गबीचको खाडल बढ्न सक्छ। सीमित व्यक्तिहरूको पहुँचमा हुने प्रविधिले असमानता बढाउँछ। बौद्धिक सम्पत्ति अधिकार (Intellectual Property Rights), पूर्वाग्रह (Bias):एआईमा भएको डेटा वा एल्गोरिदमको कारणले पूर्वाग्रही निर्णय आउन सक्छ (जस्तै: रोजगारी, कर्जा, स्वास्थ्य सेवा आदि), स्वतन्त्रता को नियन्त्रण (Autonomy vs Control), एआईले मानवीय सम्बन्ध र संवेदनशीलता घटाउन सक्ने अध्यक्ष जीवन भण्डारीले ले तालिम मा जानकारी दिनु भएको थियो। कार्यक्रम लाइ समापन गर्दै पोखरा महानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले पोखरा महानगर को सहयोग ले यो ३ दिने “डिजिटल साक्षरता” सम्बन्धी तालिम फलदायी नै भएको आँफुले विश्वास गरेको र पत्रकारहरुलाइ तालिम दिने प्रशिक्षकहरुलाई धन्यवाद दिनु भएको थियो।

महानगर ले पत्रकार जगत मा विश्वास बढाउन लागिपरिरहेको पनि बताउनु भएको थियो। उहाँले परिवर्तनका लागि पत्रकारहरुले खेलेको भूमिका र पत्रकारहरुले सरकारलाई खवरदारी र महत्वपूर्ण कार्यमा धायानकर्षण गरिरहेको प्रति उहाँले सहरानिया व्यक्त गर्दै यो तालिम ठिक समय मा राखेको ले पत्रकारहरुको भूमिकालाई थप महत्वपूर्ण हुनेछ भन्दै कार्यक्रम समापन गर्नु भएको थियो।

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0