पोखरा ,जेठ १४ गते
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना र विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोग तथा ECHO EU को आर्थिक सहयोगमा, अन्तरक्षेत्रीय सरोकारवालाहरूबीच सूचना व्यवस्थापन, सञ्चार र समन्वयलाई अझ प्रभावकारी बनाउने उद्देश्यले दुई दिने “Strengthening Cross-Sectoral Information Management and Coordination” विषयक कार्यशालाको समापन समारोह आज सुदूरपश्चिम प्रदेशमा सम्पन्न भएको छ।
कार्यशालाको समापन समारोहमा सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री श्री मेघराज खडका, श्रीमान् सचिव डा. हेमराज रेग्मी, डा. प्रकाश बुढाथोकी, प्रवक्ता, MoHP एवं प्रमुख HEOC, श्री दिपेश स्थापित, NPO-HIMA, WHO-Nepal बाट उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा NDRRMA/EOCs, सुदूरपश्चिम प्रदेश अन्तर्गतका स्वास्थ्य कार्यालयहरू, Hub तथा Satellite Hospitals, HEOCs, साझेदार र सरोकारवाला निकायहरू सहितका प्रतिनिधिहरूले सामूहिक कार्यमा छलफल गरी तथ्यांक आदान-प्रदान गर्न र Data Responsibility and Reporting Matrix मा साझा साझेदारीमा पुग्न प्रस्तुतीकरण र सामूहिक छलफल गरेका थिए। स्रोत :HOEC
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0