
पोखरा, जेठ २० गते
मिति २०८२।०२।१८ गते राती अं.२३:३० बजेको समयमा जिल्ला कास्की पोखरा
महानगरपालिका वडा नं.१४ चाउथे स्थित पोखराबाट काठमाण्डौतर्फ जादै गरेको बा १ प
९१६ नं. को पर्यटक बसमा नेपाल कलेज अफ इन्फरमेशन टेक्नोलोजी बालकुमारी
ललितपुरबाट भम्रणमा आएको विद्यार्थी सवार बसको सिसामा अपरिचित व्यक्तिले ढुङ्गा
प्रहार गर्दा ५ जना विद्यार्थी सामान्य घाईते भएको भन्ने सूचनाको आधारमा तत्काल जिल्ला
प्रहरी कार्यालय कास्की मातहत इलाका प्रहरी कार्यालय शिशुवा र वडा प्रहरी कार्यालय
रामबजारबाट संयुक्त टोली खटिई गई ५ जना सामान्य घाइते भएका विद्यार्थीहरुलाई
उपचारको लागि अन्नपुर्ण अस्पताल पोखरामा पठाएकोमा सामान्य उपचार पश्चात
डिस्चार्ज भएका, घटनामा संलग्न व्यक्तिहरुको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कास्की र
मातहत व.प्र.का. रामबजारबाट अनुसन्धान गर्दै जाँदा सो घटनामा संलग्न रहेका ३ जना
व्यक्तिहरुलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव
गर्न नहुने कसूरमा दिन छ (६) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।
नियन्त्रणमा लिएका व्यक्तिहरुको विवरण तथा फोटो :-
1. जिल्ला चितवन राप्ती न.पा. १ घर भई हाल पोखरा १७ घारिपाटन बस्ने वर्ष ४८ को
तिलक बहादुर थापामगर (बस चालक)
2. जिल्ला बारा कोल्वी न.पा. १ घर भई हाल पोखरा २६ बिजयपुर बस्ने वर्ष ३० को मान
प्रसाद खरेल (सह-चालक)
3. जिल्ला गोर्खा पालुङ्टार न.पा. २ घर भई हाल जिल्ला कास्की पोखरा १४ बस्ने वर्ष २८
जिल्ला प्रहरी कार्यालय, कास्की









