पोखरा महानगरक्षेत्रमा २ लाख २६ हजार बिरुवाहरू रोप्ने अभियान शुभारम्भ

  • ख-
  • ख
  • ख+

पोखरा ,जेठ २२ गते

पोखरा महानगरपालिका क्षेत्रमा मेगा वृक्षारोपण अभियानको शुभारम्भ गरिएको छ । पोखरालाई स्वच्छ शहरः हरित सहरको रूपमा विकास गर्न Clean City, Green City परियोजना अन्तरगत वृक्षारोपण अभियानको नगर प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभएको हो ।पोखरा महानगरपालिका वडा नं.२५ हेमजामा कल्की, धुपी लगायत बिरुवाहरू लगाएर सुरुवात गरिएको अभियानमा नगर प्रमुख आचार्य, उपप्रमुख मन्जुदेवि गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, प्रवक्ता मोतीलाल तिम्सिना, दलका नेताहरू राधिका शाही योगी, पूर्ण कुमार गुरुङ र नागरिक समाजका अगुवा राम बहादुर पौडेल लगायत स्थानीयहरूको सहभागिता रहेको थियो । अभियानका क्रममा पोखरा महानगरपालिका क्षेत्रको ७ सय किमी सडक तथा राजमार्ग, झन्डै ६७ कि.मी नदी तथा खोला किनार, २९ सार्वजनिक स्थलको १२५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका २ लाख २६ हजार बिरुवाहरू लगाइनेछ । स्रोत :पोखरा महानगरपालिका

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार