पोखरा ,असार १ गते
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय-पोखरा को “खाध दाना ऐन नियम मापदण्ड “सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।###www.riseofworld.com
———————————————————————-
कार्यक्रम मा दुइवटा कार्यपत्र प्रस्तुत भएको थियो ।”खाध दाना ऐन नियम मापदण्ड “सम्बन्धि पहिलो कार्यपत्र बरिस्ठ खाध्य अनुसान्धान अधिकृत श्री नवराज दाहाल ले प्रस्तुत गर्नु भएको थियो भने , दोस्रो कार्यपत्र खाद्य अनुसान्धान अधिकृत शिवजी बराल ले प्रस्तुत गर्नु भएको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय-पोखरा को “खाध दाना ऐन नियम मापदण्ड “सम्बन्धि अन्तरक्रिया कार्यक्रम को संचालन भने अशोक गौतम ले गर्नु भएको थियो।
कार्यक्रम मा खाद्य अनुसान्धान अधिकृत शिवजी बराल ले कच्चापदार्थ दाना हाम्रा लागि महत्वपूर्ण हुन्छ। पशुपंक्षी आवश्यकता अनुरुप दाना पदार्थ खुवाँउदा त्येसले पशुपंक्षीको स्वास्थ्यलाई कुनै हानि नोक्सानी गर्दैन भने त्येस्तो दाना पदार्थलाई स्वच्छ तथा गुणस्तरीय दाना पदार्थ भनिन्छ, “आली देखि थालि सम्म गोठ देखि ओठ” सम्म भने झैं ,दाना पदार्थ मा अवान्छिनिय मिसावट रोक्न,पशुपन्छी को स्वास्थ्य कायम राख्न ,उत्पादन बढी लिन ,दाना पदार्थको उचित स्तर बनाइ राख्न त्येसैले हामीले दैनिक उपयोग गर्ने खानेकुरा मा ,विशेष गरि कुखुरा को लाइ दिने दाना स्वच्छ हुनुपर्ने छ। यदि हामीले कुखुरा लाइ कमसल दाना दियौं भने ,कुखुरा को मासु खानको लागि कमसल हुने हुन्छ ,त्येसैले अहिले आएको ऐन मा पनि यहि छ कि ,कुखुरालाई दिने दाना पनि स्वच्छ रहनु पर्ने आवश्यकता उहाँले औल्याउनु भएको थियो। कार्यक्रमको विशेष अतिथि समेत रहनु भएका पोखरा विज्ञान तथा प्रविधि क्याम्पस प्रमुख श्री हरि खनाल ले ,उत्पादक ले उत्पादन गर्दा देखि नै सचेत रहन सक्यौं भने खाध्य स्वच्छता कायम गर्न सकिन्छ। भनि बताउनु भएको थियो। त्येसैले हामीले खाने कुरा मा पनि अखाध्य भए जस्तै पशुपन्छी वा कुखुरालाइ दिने दाना मा पनि कमसल दान प्रयोग हुन् गयो भने फेरी त्यो कुखुरा को मासु अखाध्य हुन सक्छ , तसर्थ यो खाध्य स्वच्छ हुन को लागि सबैको हातेमालो जरुरि रहेको बताउनु भएको थियो।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पोखरा, कास्की का पशु विकास अधिकृत सहदेव पौडेल ले हामि संग मेन पावर को कमि छ , हामीलाई कुनै संघ संस्थाले अनुगमन मा बोलाउनु भयो भने हाम्रो क्षेत्रमा अनुगमन मा गयर मापदण्ड जाँच्ने नै गरिरहेको छौं ,हामीले कुखुरा को मासु किन्न जाँदा एण्टिबायोटिक नभएको मासु दिनोस भन्नु पर्ने हुन्छ ,त्येस बाट हामीले व्याबसायिलाई सचेत गर्न सक्छौं ,यसरि नै सबैले प्रतेक कुखुराको मासु पसल मा भनियो भने , सबै सतर्क रहन सक्ने हुनेछन भनि बताउनु भएको थियो। कार्यक्रम को अध्यक्षता ग्रहण गर्नु भएका बरिस्ठ खाध्य अनुसान्धान अधिकृत श्री नवराज दाहाल ले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय-पोखरा को “खाध दाना ऐन नियम मापदण्ड “सम्बन्धि आगामी कार्य दिशा अन्तर्गत ,संघ ,प्रदेश र स्थानिय निकायविच को समन्वय र सहकार्य को बारे मा बोल्दै, उधोग मा पहिला Raw Material Safe हुनुपर्दछ। गण्डकी प्रदेश का ११ जिल्लाका खाध्य र दानाको अनुगमन हामीले गर्नेछौं। उधोगीहरुको लाइसेन्स दिने काम हामीले गर्ने छौं ,प्रदेश उद्योग मन्त्रालय अन्तर्गतको निर्देशनालय र पर्यटन तथा उद्योग कार्यालयहरूबाट गरिने अनुगमन खाद्यको स्वच्छता र गुणस्तर बाहेकका गैरखाद्य वस्तु तथा सेवाको गुणस्तरमा केन्द्रित हुने गर्दछ। सबै वस्तु र सेवाको मूल्य र तौलको नियमनमा केन्द्रित हुने काम गर्दछ। देशले पालिकाबाट हुने अनुगमनको समन्वयन गर्ने र पालिकाको बजार अनुगमन (खाद्य स्वच्छता र गुणस्तर) को क्षमता अभिवृद्धि गर्ने गरी कार्य अझ बढाउने उपयुक्त हुने ,प्रदेशस्तरको कृषि मन्त्रालय ले खाद्य सम्प्रभुता र गुणस्तर सम्बन्धी तयार गरिएको विधेयक संघीय कानुनमा नवीकरण गरी र संघीय कानुनसँग दोहोरो नहुने गरी बनाउने तयारि रहेको ,प्रदेशका खाद्य अनुगमन अधिकारको नेतृत्वमा गरिने कार्यको प्रदेशमा हुने बजार अनुगमनमा यस कार्यालयको प्रतिनिधि रहने व्यबस्था ,प्रदेशको नेतृत्वमा हुने बजार अनुगमनमा कानुनमा गरिएको अधिकार र प्राविधिकको तालमेल मिलाउने र आफ्नो कार्य स्पष्ट बनाउने भनेको छ। जस अन्तर्गत ताजा फलफूल तरकारी हटबजार (कृषि प्राविधिक बजार प्राविधिक) ले अनुगमन गर्ने। ताजा मासु पसल (भेटेरिनरी) बाट अनुगमन गर्ने ,किराना पसल, गोदाम, सुपरस्टोर, होटल रेस्टुरेन्ट (खाद्य प्राविधिक) ले गर्ने र प्रदेशले पालिकाबाट हुने अनुगमनको समन्वयन गर्ने र पालिकाको बजार अनुगमन (खाद्य स्वच्छता र गुणस्तर) को क्षमता अभिवृद्धि गर्ने गरी कार्य अझ बढाउने उपयुक्त हुने ऐन नियम छ भनि उल्लेख गर्नु भएको थियो।अधिकृत श्री नवराज दाहाल ले आम उपभोक्ताहरू सबै प्रकारका वस्तु र सेवाको गुणस्तर, मूल्य र तौल प्रति सचेत रहनु पर्ने ,उपभोग्य अवधि समाप्त भएका वस्तुहरू खरिद गर्न नहुने ,होटलमा खाना जाँदा किचन आफैले हेरेर मात्र अर्डर गर्ने, बजारमा गुणस्तर पाइएन भने सम्बन्धित नियमनकारी निकायमा उजुरी तथा /गुनासो गर्नु पर्ने औंल्याउनु भएको थियो। २०२३ को ऐन खारेज भए र २०८१ को नयाँ ऐन आएको छ। जाँचेर मात्र खाध्य सुरक्षा हुँदैन ,शुरुवात बाट नै गर्नु पर्छ। अहिले अनुमति पत्र २ -२ बर्षमा नविकरण गरिने व्यबस्था ल्याइएको छ। नयाँ ऐनमा मदिरा जन्य पदार्थलाई पनि आहार पुरक मानिएको छ। बोत्तल र जार को पानि को स्वच्छता खाध्य ले हेर्छ भने धारा को पानि र ट्यांकर को पानि भने खानेपानी मन्त्रालय ले अनुगमन गर्ने गर्छ। यदि तपाईं अनुगमन को लागि विज्ञ हुनुहुन्छ भने अनुगमन मा खटिन जानु होला नभए नजानु होला। सवै जना एकै ठाउँमा अनुगमन मा नजानुहोला फरक- फरक ठाउँमा जाने गरौँ भनि बताउनु भएको थियो। अन्त्यमा बरिस्ठ खाध्य अनुसान्धान अधिकृत श्री नवराज दाहाल ले मिडियाकर्मी लाइ आफ्नो क्षेत्र बाट नियमित रिपोर्टिङ्गसँगै उपभोक्ता सचेतना सन्देश प्रचार -प्रसार गरीदिन आग्रह पनि गर्नु भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0